दाङ । दाङको घोराही उपमहानगरपालिका ३ को भैसकुर्मामा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन गरिएको छ ।
राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा भएको नबयुबाहरूको भेलाले लोकराज कु“वर मगरको अध्यक्षतामा टोल समिति गठन गरिएको हो ।
नवगठित समितिको उपाध्यक्षमा आकाश चौधरी, सचिवमा बामदेव घर्ती क्षेत्री, सह–सचिवमा माधव आचार्य र कोषाध्यक्षमा सुशान्त राना क्षेत्री चयन भएका छन्।
त्यसैगरी समितिका सदस्यहरूमा तोललाल कुँवर मगर, तेज बहादुर थापा, अभिन चौधरी, श्रीजन चौधरी, रामकुमार चौधरी, ताराप्रसाद श्रेष्ठ, अरुण चौधरी, इश्वर खड्का, केशव कुँवर मगर, महेश बुढा, सन्देश भट्टराई, गिर बहादुर घर्ती, चन्द्र बहादुर थापा मगर र नीरज चौधरी रहेका छन्।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव रामबहादुर जी.एम तथा अखिल (छैठौँ) दाङ जिल्ला अध्यक्ष सेवक भट्टराईको उपस्थिति रहेको थियो ।