• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भेनेजुयलामाथि अमेरिकी आक्रमण विरुद्ध आवाज उठाउन मसालको अपिल


  •   शनिबार, पुष १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले भेनेजुयलामाथि अमेरिकी आक्रमणको विरुद्ध आवाज उठाउन विश्वभरिका जनतासित अपिल गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ पुस १९ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    संसारकै सबैभन्दा बढी पेट्रोलियम पदार्थ भएको मुलुक स्मरण गर्दै मसालले त्यहाँको तत्कालीन समाजवादी सरकारले अमेरिकी कम्पनीलाई राष्ट्रियकरण गरेपछि नै अमेरिकी साम्राज्यवादले भेनेजुयलामाथि नाकाबन्दी लगाउँदै आएको बताएको छ ।

    अहिले भेनेजुयलामाथि ड्रग्स कारोबारसम्बन्धी आरोप अमेरिकाको बहाना भएको मसालको तर्क छ ।

    अहिले अमेरिकी साम्राज्यवादका कारण तेस्रो विश्वयुद्धको खतरा बढ्दै गएको उल्लेख गर्दै मसालले तेस्रो विश्वयुद्ध आणविक युद्ध हुने र यसरी सम्पूर्ण विश्व नै समाप्त हुने बताएको छ ।

    युद्धको स्रोत अमेरिकी साम्राज्यवाद भएको उल्लेख गर्दै मसालले त्यसका विरुद्ध आवाज उठाउन विश्वका शान्तिप्रेमी जनतासित अपिल गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “अमेरिकाद्वारा भेनेजुयलामाथि भएको आक्रमणलाई नेकपा (मसाल) ले कडा शब्दमा विरोध र भत्र्सना गर्दछ । त्यसबाट अमेरिकाको साम्राज्यवादी र फासिस्ट स्वरूप नाङ्गो रूपमा अगाडि आएको छ । त्यसकारण त्यसका विरुद्ध आवाज उठाउन आज विश्वभरका न्याय र शान्तिप्रेमी जनताको दायित्व बन्न जान्छ ।

    भेनेजुयला संसारको सबैभन्दा बढी पेट्रोलको खानी भएको देश हो । पहिले त्यहा“को पेट्रोलमाथि अमेरिकाका एकाधिकार पु“जीवादी कम्पनीको प्रभुत्व थियो तर भेनेजुयलामा समाजवादी सरकारको स्थापनापछि त्यहा“का अमेरिकी कम्पनीलाई राष्ट्रियकरण गरिएको थियो । त्यसपछि नै अमेरिकाले लगातार भेनेजुयलाको सरकारलाई अपदस्त गरेर त्यहा“ आफ्नो कठपुतली सरकार कायम गर्ने र त्यहाँ आफ्नो प्रभुत्व कायम गर्ने प्रयत्न गर्दै आएको छ । भेनेजुयलाका विरुद्ध अमेरिकाले नाकाबन्दी लगाउ“दै आएको छ र त्यसले गर्दा भेनेजुयलालाई आफ्नो पेट्रोलको बिक्रीसमेत धेरै बाधा पुगेको छ । त्यसबाट भेनेजुयलामा आर्थिक रूपले पनि धेरै गम्भीर सङ्कटको सामना गर्नु परिरहेको छ ।
    अहिले अमेरिकाले भेनेजुयलामाथि ड्रग्सको तस्करीलाई प्रोत्साहित गरिरहेको भनेर आरोप लगाएको छ र भेनेजुयलाको सरकार नै तस्करीको व्यापारलाई प्रोत्साहित गरेको भनेर त्यहा“ सैनिक आक्रमण गरेको छ ।

    वास्तवमा अहिले अमेरिकी साम्राज्यवाद सम्पूर्ण विश्वको शान्ति, स्वतन्त्रता र लोकतन्त्रको लागि नै गम्भीर खतरा भएको छ । त्यो नै आज विश्वमा युद्धको मुख्य स्रोत बनेको छ । अमेरिकाको त्यस प्रकारको युद्धनीतिले गर्दा संसारमा तेस्रो विश्वयुद्ध हुने खतरा बढ्दै गइरहेको छ ।
    आजको युगमा विश्वयुद्ध हुन्छ भने त्यसले आणविक रूप लिने नै बढी सम्भावना छ । यदि आज आणविक युद्ध हुन्छ भने सम्पूर्ण मानव जाति नै नष्ट हुने खतरा रहनेछ । त्यसकारण साम्राज्यवाद वा त्यसको युद्धनीतिको विरोध गर्नु आज विश्वका सम्पूर्ण जनताको दायित्व हुन जान्छ । आज योबाहेक हाम्रा अगाडि अन्य कुनै विकल्प छैन : या त साम्राज्यवादलाई पराजित गर्नुपर्छ वा त्यसले सम्पूर्ण विश्वलाई नै ध्वस्त पार्नेछ ।

    भेनेजुयलामाथि अमेरिकाको आक्रमण खालि त्यो देशको मात्र समस्या होइन, त्यो विश्व शान्ति र सम्पूर्ण मानव जातिको रक्षासित जोडिएको प्रश्न हो । त्यसकारण जहा“ पनि अमेरिकाले त्यस प्रकारको कुनै हमला गर्दछ, विश्वका सम्पूर्ण शान्ति, स्वतन्त्रता र लोकतन्त्रप्रेमी जनताको कर्तव्य त्यसका विरुद्धको सङ्घर्षमा उत्रनु हुन जान्छ । त्यही प्रकारको अन्तर्राष्ट्रिय दृष्टिकोण राख्दै नेकपा (मसाल) ले अमेरिकी साम्राज्यवादद्वारा भेनेजुयलामा गरेको आक्रमणका विरुद्ध आवाज उठाउन सम्पूर्ण नेपाली शान्ति र न्यायप्रेमी जनतासित अपिल गर्दछ ।

    अहिले अमेरिकी साम्राज्यवादले नेपालमा पनि आफ्नो प्रभुत्व कायम गर्न र त्यो उद्देश्य पूरा गर्न नेपालमा आफ्नो कठपुतली सरकार कायम गर्न योजनाबद्ध प्रकारले कोसिस गरिरहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा अमेरिकी साम्राज्यवादको विरुद्ध अरू व्यापक रूपले आवाज उठाउनु र सङ्घर्ष गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको कर्तव्य बन्न जान्छ ।”

    शनिबार, पुष १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.