टोकियो । जापान नेपाली एकता समाजको केन्द्रीय समितिले प्रकाशन गरेको सन् २०२६ सालको भित्तेपात्रो (क्यालेन्डर) ओसाका र टोकियोमा वितरण गरिएको छ ।
ओसाकास्थित योदोगावास्थित साकुरा रेस्टुरेन्टमा सो पात्रो वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
यता, डिसेम्बर ३१ का दिन टोकियोको हानिनान हाउस रेस्टुरेन्टमा सो क्यालेन्डर वितरण गरिएको थियो ।
केन्द्रीय समिति र क्षेत्रीय समिति कान्तोका प्रतिनिधिको उपस्थितिमा नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो वितरण पनि सँगै गरिएको थियो ।
कार्यक्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै समाजका अध्यक्ष डण्ड केसीले नयाँ वर्ष २०२६ को क्यालेन्डर प्रकाशन गरेर एकता समाजले प्रकाशनको क्षेत्रमा महत्त्वपूर्ण कामको सुरुआत गरेको बताउनुभयो ।
‘जापान नेपाली एकता समाजले भित्तेपात्रो प्रकाशन गरेर महत्त्वपूर्ण भूमिका खेलेको छ । आगामी दिनमा पनि यस्ता कार्यमा समाजको ध्यान जानेछ’ उहाँले भन्नुभयो– ‘विदेशी भूमिमा नेपाली एकता आजको आवश्यकता र अपरिहार्यता हो । नेपाली एकतालाई मजबुत बनाउने क्रममा अब क्यालेन्डर मात्रै नभएर पुस्तक पनि प्रकाशन गर्ने हाम्रो प्रयास रहनेछ ।’
पात्रोमा अङ्ग्रेजी नयाँ वर्ष ठुलो अक्षर र नेपाली मिति तथा विशेष दिनसमेत समावेश गरिएको छ ।
