काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सेती–महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले उनीहरुलाई कैलालीको फुलबारी क्षेत्रबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पुनसँगै अनेमसंघकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी छिन् । धामी नेता पुनकी श्रीमती हुन् ।
सरकारले चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरुमाथि धरपकड गरिरहेको छ ।