काठमाडौँ । समानुपातिकमा राजमोको चुनाव चिह्न गिलास अब दशौँ स्थानमा रहनेछ, यसभन्दा पहिला एघारौँ स्थानमा रहेको थियो ।
राजमो महासचिव मनोज भट्टले युगदर्शनलाई दिनुभएको जानकारी अनुसार माओवादी र समाजवादी बिच पार्टी एकता पश्चात उनीहरू अब एउटै चिन्हमा चुनाबमा जाने भएपछि राजमोको चुनाव चिन्ह एघारौँबाट दशौँमा आएको हो ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसुचिको सम्पूर्ण अङ्ग पुरा भएको छ ।
आज पुस १७ गते राजमोका प्रतिनिधिहरूको रोहबरमा निर्वाचन आयोगका कर्मचारीहरूले, पार्टीले बुझाएको बन्दसुची छानविन गरेको थियो । छानविनमा राजमो बन्दसुचिको सम्पूर्ण अङ्ग पुगेको महासचिव भट्टले जानकारी दिनुभयो ।
निर्वाचन आयोगमा महासचिव मनोज भट्टको नेतृत्वमा राजमो केन्द्रीय सदस्य घनश्याम न्यौंपाने, केन्द्रीय सदस्य सुधा शर्मा, प्रतिनिधि मदन शर्मा र गोविन्द शर्माको उपस्थिति रहेको थियो ।
प्रतिनिधि मण्डलका अनुसार समानुपातिक उमेदवारहरूमाथिको दावा विरोध एवं उनिहरूमाथि र समस्याहरूका बारेमा पुस २१ गतेदेखि निर्वाचन आयोगले दोश्रो चरणको छानविन सुरुगर्ने छ ।

