छोरा केश कालो छदा बाटो लागेका थियौ,
छिट्टै फर्कि आउछु भनी बिदा मागेका थियौ ।
युरोप पुगेर राम्रोसँग आए भनी खबर गरेका थियौ,
यहाँ सारै न्यास्रो लाग्यो पनि भनेका थियौ ॥
तर मेरो केश फुलेर सेताम्य भयो,
शरिरको उर्जा सबै जिर्ण हुँदै गयो।
तिमी फर्केर अझै आउँदैनौ,
सन्चो बिसन्चो सोध्ने उछार पाउदैनौ॥
गाउलेसँग ठिकठाक छ भन्छु,
राति सधै एक्लै बसी रुन्छु ।
जन्मेको देशले रोजगार दिएन,
तिमीबाट टाढा हुने इक्ष्या थिएन॥
दुःख सुख देशमै बसौ भनेको थिए,
तिम्रा सपना सुन्दा प्रफुल्ल बनेको थिए।
परिवार र देश नबिर्सनु भनेको थिए,
विदाईमा भावबिहल बनेको थिए॥
बिदाइको बेला खुशी त तिमी नि थिएनौ,
ऐले आइ नतिजा सकारात्मक दिएनौ।
पुजीवादी देशको रंगीचंगीले भुलायो कि ?
रेडिमेट सुख सुबिधाले उतै डुलायो कि॥
बालबच्चा पनि यतै बोलाउनु पर्यो भनेउ
आफैले थाहा नपाइ पराइ बनेउ।
बिदेश प्रदेश भनेको यस्तै रहेछ,
बिदेशिने तातीले गाउँ रित्तो भएछ ॥
परिबार र देशको माया तिमीलाई नि छ होला,
देश अंगालु कि बिदेश दोधार भाहोला ।
तिमी पुर्ण नदेशको हुन पायौं न बिदेशको,
देख्दा बिजोक त लाग्छ पक्कै यो मेरो केशको।