• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

देशमा बैकल्पिक धार तयार पार्ने नाममा साम्राज्यवादी चलखेल बढ्यो : मसाल


  •   मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । देशमा बैकल्पिक धार तयार पार्ने नाममा साम्राज्यवादी चलखेल बढेको नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले ठहर गरेको छ । साम्राज्यवादी शक्तिहरूको अतिक्रमण वा हस्तक्षेपका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर आँच पुग्ने सम्भावना बढ्दै गइरहेको पार्टीको ठहर छ ।

    Advertisement

    ‘देशमा बैकल्पिक धार तयार पार्ने नाममा नयाँ राजनीतिक समुहहरूको बिचमा एकीकरणको प्रक्रिया तिब्र रूपमा अगाडि बढिरहेको पाइन्छ । उनीहरूले जेनजीको नाममा वा जेनजीका मागहरू पूरा गर्ने नाममा एकिकरण वा गठबन्धनका लागि पहल गरिरहेका छन् । तर उनीहरूको त्यस प्रकारको गठबन्धनका पछाडि कुनै सैद्धान्तिक आधार छैन ।’ महामन्त्री मोहनविक्रम सिंहद्वारा पुस १२ गते जारी वक्तव्यमा लेखिएको छ– ‘मुख्यतः अमेरिकी साम्राज्यवादले नेपालमा आफ्‌नो साम्राज्यवादी रणनीति पूरा गर्नका लागि त्यसका स्वार्थका पक्षमा काम गर्ने शक्तिहरूलाई नै एकै ठाँउमा ल्याउने प्रयत्न गरिरहेको छ ।’

    नेपालको इतिहासमा युवक, विद्यार्थी वा जेनजी उमेर समूहको गौरवपूर्ण र ऐतिहासिक भूमिका रहँदै आएको मसालले बताएको छ । ‘सही सिद्धान्त, नीति, कार्यक्रमको प्रकाशमा नै उनीहरूले देश र जनताका लागि महत्वपूर्ण भूमिका खेल्न सक्दछन् र खेल्नु पनि पर्दछ । किनभने उनीहरूको त्यस प्रकारको भूमिकामाथि नै देशको भविष्य निर्भर गर्नेछ ।’ मसालले अगाडि भनेको छ– ‘अहिले देशको राजनीतिमा पुराना र नयाँ पार्टीहरू वा वृद्ध र जवान जस्ता कुराहरू निकै उठ्ने गरेका छन् र त्यसका आधारमा नै पार्टी वा नेताहरूको पनि मुल्याङ्कन गर्ने गरिएको छ । त्यस प्रकारको सोचाइ सैद्धान्तिक रूपले नै गलत हो ।’

    मसालको मुख्य नीति एकातिर सबै प्रतिगामी र साम्राज्यवादी शक्तिहरू वा उनीहरूका पक्षमा भएका राजनीतिक शक्तिहरूको तिव्र भण्डाफोर गर्दै उनीहरूको अवाञ्छित प्रकारको प्रभावबाट जनता वा जेनजीहरूलाई मुक्त गर्नु र अर्कातिर, देशमा बहुदलीय व्यवस्था वा गणतन्त्र आएपछि बनेका सरकारहरू समेतका गलत नीति र क्रियाकलापहरूको भण्डाफोर गर्दै देशमा उच्च राजनीतिक चेतना उठाउनु वा आन्दोलन सङ्गठित गर्नु रहेको वक्तव्यमा उल्लेख छ ।

    अहिले देशको राजनीतिमा पुराना र नयाँ पार्टीहरू वा वृद्ध र जवान जस्ता कुराहरू निकै उठ्ने गरेका छन् र त्यसका आधारमा नै पार्टी वा नेताहरूको पनि मुल्याङ्कन गर्ने गरिएको छ । त्यस प्रकारको सोचाइ सैद्धान्तिक रूपले नै गलत भएको मसालको ठहर छ ।

    गणतान्त्रिक व्यवस्था अन्तर्गत दुई/दुई पल्ट राष्ट्रपति भएको व्यक्ति पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजाप्रति झुकाव देखाउनुलाई कुनै पनि प्रकारले गलत भएको मसालले बताएको छ ।

    वक्तव्यमा लेखिएको छः

    १. देशको अहिलेको स्थिति अत्यन्त गम्भीर छ । त्यो, एक प्रकारले गम्भीर सङ्कटको मुखमा उभिएको   छ । एकातिर देशमा प्रतिगामी शक्तिहरूको खतरा बढिरहेको छ र त्यसको परिणामस्वरुप देशमा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता समेत समाप्त हुने खतरा बढ्दै गइरहेको छ । अर्कातिर विभिन्न साम्राज्यवादी शक्तिहरूको अतिक्रमण वा हस्तक्षेपका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर आँच पुग्ने सम्भावना बढ्दै गइरहेको छ । आसन्न चुनावको मुखमा पनि ती दुबै प्रकारका शक्तिहरूका बिचको साँठगाँठ वा चुनावी गठबन्धनको प्रक्रिया बढ्दै गइरहेको छ । सही राजनीति लाइनका आधारमा नै ती दुबै प्रकारका खतराहरूको सामना गर्न सकिन्छ र गर्नु पनि पर्दछ ।

    २. अहिले देशमा बैकल्पिक धार तयार पार्ने नाममा नयाँ राजनीतिक समुहहरूको बिचमा एकीकरणको प्रक्रिया तिब्र रूपमा अगाडि बढिरहेको पाइन्छ । उनीहरूले जेनजीको नाममा वा जेनजीका मागहरू पूरा गर्ने नाममा एकिकरण वा गठबन्धनका लागि पहल गरिरहेका छन् । तर उनीहरूको त्यस प्रकारको गठबन्धनका पछाडि कुनै सैद्धान्तिक आधार छैन । उनीहरूको त्यस प्रकारको गठबन्धनको उद्देश्य खाली आगामी चुनावमा सत्ता प्राप्त गर्नु नै हो । यो पनि कुनै लुकेको कुरा होइन कि विभिन्न साम्राज्यवादी समूहहरू, मुख्यतः अमेरिकी साम्राज्यवादले नेपालमा आफ्‌नो साम्राज्यवादी रणनीति पूरा गर्नका लागि त्यसका स्वार्थका पक्षमा काम गर्ने शक्तिहरूलाई नै एकै ठाँउमा ल्याउने प्रयत्न गरिरहेको छ । त्यसका पछाडिको अमेरिकाको उद्देश्य नेपालमा पूरै नै अमेरिकाको निर्देशनमा चल्ने सरकारको निर्माण हो । त्यसरी अमेरिकाले नेपाललाई चिनका विरुद्धको मोर्चाबन्दीमा सामेल गर्न तथा तिब्बतमा आक्रमण गरेर दलाई लामालाई त्यहा“ पुनर्स्थापित गर्न नेपाललाई युद्धभूमि बनाउन चाहन्छ । त्यसरी अहिले नेपाल अमेरिकी साम्राज्यवादको गम्भीर प्रकारको षडयन्त्रको सिकार हुँदै गएको छ । दीर्घकालीन रूपमा त्यसका नेपालका लागि गम्भीर दुष्परिणामहरू हुनेछन् । जहाँसम्म जेनजीको प्रश्न हो, उनीहरूको कुनै बेग्लै नीति, कार्यक्रम वा सङ्गठन पनि छैन । अहिले उनीहरू कैयौँ गु्रपहरूमा विभाजित भएका छन् । त्यस्तो अवस्थामा विभिन्न प्रतिगामी वा साम्राज्यवादी शक्तिहरूले नै जेनजीहरूलाई उपयोग गर्ने प्रयत्न गरिरहेका छन् । त्यस सन्दर्भमा राजावादीहरूले पनि ठूलो सङ्ख्यामा उनीहरूलाई उपयोग गरिरहेका समाचारहरू प्राप्त भइरहेका छन् । सङ्गठित रूपमा न पहिले नै जेनजीहरूको कुनै अस्तित्व थियो न अहिले नै छ । त्यो एउटा उमेर समूह मात्र हो, जसलाई विभिन्न शक्तिहरूले उपयोग वा दुरुपयोग गर्ने प्रयत्न गर्दछन् । उनीहरूको त्यस प्रकारको दुरुपयोग हुन नपाओस् भन्नका लागि उनीहरूमा उच्च राजनीतिक चेतना र देशभक्तिको भावना आउनु आवश्यक छ । त्यसका साथै यो पनि आवश्यक छ कि उनीहरू सबै प्रकारका प्रतिगामी वा साम्राज्यवादी प्रभावबाट मुक्त होउन् ।

    ३. नेपालको इतिहासमा युवक, विद्यार्थी वा जेनजी उमेर समूहको गौरवपूर्ण र ऐतिहासिक भूमिका रहँदै आएको छ । सही सिद्धान्त, नीति, कार्यक्रमको प्रकाशमा नै उनीहरूले देश र जनताका लागि महत्वपूर्ण भूमिका खेल्न सक्दछन् र खेल्नु पनि पर्दछ । किनभने उनीहरूको त्यस प्रकारको भूमिकामाथि नै देशको भविष्य निर्भर गर्नेछ । तर सही सिद्धान्त वा राजनीतिक स्पष्टताको अभावमा उनीहरुलाई कुनै पनि बेला कुनै पनि देशी वा विदेशी शक्तिले प्रतिगामी वा साम्राज्यवादी उद्देश्यको पूर्तिका पक्षमा उपयोग गर्न  सक्दछ । आज नै राजावादीहरूको राजतन्त्रको पुनर्स्थापनाका लागि आयोजित एउटा प्रदर्शनमा जेनजीहरूको पनि ठुलो सङ्ख्यामा उपस्थिति भएको कुराबाट उनीहरूको कहाँसम्म दुरुपयोग हुन सक्दो रहेछ, त्यो कुरामा कुनै शङ्का रहन्न । त्यसबाट देशलाई ठुलो घाटा पुग्न सक्दछ । त्यसैले उनीहरू सही सिद्धान्त र सही राजनीतिद्वारा दीक्षित भएमा र उनीहरूमा उच्च प्रकारको देशभक्तिको भावना उत्पन्न भएमा नै उनीहरूले देशको विकासमा समुचित योगदान दिन सक्दछन् ।

    ४. देश जुन प्रकारको सङ्कटको मुखमा उभिएको छ, त्यो अवस्थामा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता तथा देशको राष्ट्रियता, सार्वभौमिकताका पक्षमा उभिने राजनीतिक शक्तिहरू र सम्पूर्ण देशभक्त जनताका बिचको एकता राष्ट्रिय महŒवको आवश्यकता भएको छ । गतकालमा उनीहरूका बिचको त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनको कारणले हामी बारम्बार प्रतिगमनलाई पराजित गर्न सफल हुँदै आएका  छौँ । निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त, संविधानसभाको चुनाव र राजतन्त्रको अन्त समेत त्यही प्रकारको कार्यगत एकता वा गठबन्धनका ऐतिहासिक उपलब्धीहरू हुन् । तर गतकालमा त्यस प्रकारको एकता वा गठबन्धनमा कैयौं समस्या वा व्यावधानहरू पनि देखा पर्ने गरेका छन् । त्यस प्रकारको कार्यगत एकता वा गठबन्धन आपसमा भएका मतभेदहरूका बिचमा कायम हुने सहमतिको आधारमा टिकेको हुन्छ । त्यसैले विभिन्न पक्षहरूका बिचमा भएको सहमतिलाई इमानदारितापूर्वक कार्यान्वयन गर्नुपर्ने आवश्यकता हुन्छ । हामीले त्यस प्रकारका सहमतिहरूलाई सधैं इमानदारिता र दृढतापूर्वक पालन गर्ने गरेका छौं र आवश्यक भएमा त्यस प्रकारको सहमतिको उलङ्घन गर्ने आफ्‌नै पार्टीका कार्यकर्ताहरूका विरुद्ध पनि कडा अनुशासनको कारबाही गर्ने गरेका छौँ । तर अन्य कतिपय वामपन्थी वा प्रजातान्त्रिक पक्षहरूले त्यस प्रकारको कार्यगत एकतामा पूरै इमान्दारिता देखाउने गरेका छैनन् र कैयाँै पल्ट अन्तरघात गरेका उदाहरणहरू पनि पाइन्छन् । त्यसैको परिणाम हो कि प्रतिगमनका विरुद्ध एकतावद्ध भएका राजनीतिक शक्तिहरूका बिचको गठबन्धन पनि सुचारु रुपले अगाडि बढ्ने गरेको छैन । अहिले देशमा प्रतिगमन र साम्राज्यवादको समेत खतरा गम्भीर बनेको अवस्थामा त्यस प्रकारको एकता वा गठबन्धनको कमी गम्भीर चिन्ताको विषय हो । तर हामीले आशा र प्रयत्न पनि गर्नुपर्दछ, देशमा बढिरहेको प्रतिगमन, साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणको सामना गर्न देशमा बलियो कार्यगत एकता वा गठबन्धनको निर्माण होस् । निश्चय नै, सही राजनीतिक समझदारी तथा पारस्परिक इमान्दारिताका आधारमा नै त्यस प्रकारको एकता वा गठबन्धनको निर्माण हुन सक्दछ । देशमा बहुदलीय व्यवस्था आएपछि वा गणतन्त्र कायम भएपछि बनेका विभिन्न सरकारहरूका भ्रष्ट र गैरजिम्मेवार नीति र क्रियाकलापका कारणले पुराना राजनीतिक शक्तिहरूमाथि पनि जनतामा धेरै अविश्वास वा असन्तोषको भावना छ । त्यसले गर्दा प्रतिगमन वा साम्राज्यवादी शक्तिहरूका बिरुद्ध बलियो एकता वा गठबन्धनको आधार तयार पार्न पनि कठिन स्थितिको सिर्जना भएको छ । त्यसकारण देशमा प्रतिगमन र साम्राज्यवादका विरुद्ध बलियो आधार तयार पार्न गतकालमा विभिन्न राजनीतिक शक्तिहरू वा उनीहरूका सरकारहरूले प्रदर्शन गरेका भ्रष्टाचार, कुशासन वा उनीहरूका गैरजिम्मेवार क्रियाकलापहरूका विरुद्ध पनि भडाफोर तीब्र पारेर लैजानुपर्ने आवश्यकता छ ।

    ५. उपरोक्त प्रकारको अवस्थामा हाम्रो मुख्य नीति एकातिर सबै प्रतिगामी र साम्राज्यवादी शक्तिहरू वा उनीहरूका पक्षमा भएका राजनीतिक शक्तिहरूको तिव्र भण्डाफोर गर्दै उनीहरूको अवाञ्छित प्रकारको प्रभावबाट जनता वा जेनजीहरूलाई मुक्त गर्नु र अर्कातिर, देशमा बहुदलीय व्यवस्था वा गणतन्त्र आएपछि बनेका सरकारहरू समेतका गलत नीति र क्रियाकलापहरूको भण्डाफोर गर्दै देशमा उच्च राजनीतिक चेतना उठाउनु वा आन्दोलन सङ्गठित गर्नु पनि हुन जान्छ । त्यसका लागि एकातिर गणतन्त्र, धर्मनिरपेक्षता र देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता समेतबारे स्पष्ट र दृढ विचार राख्ने र अर्कातिर, सँधै भ्रष्टाचार र कुशासनको विरोध गर्दै आएको र कहिल्यै पनि त्यस प्रकारका कुकर्महरूमा नमुछिएको राजनीतिक पार्टीको नेतृत्व आवश्यक पर्दछ । देशमा त्यस प्रकारको पार्टी राष्ट्रिय जनमोर्चा नै हो भन्ने कुरा आम रूपमा थाहा छ । त्यो कुरा त्यो पार्टीको लामो राजनीतिक इतिहास वा त्यो पार्टीका नेताहरू उपप्रधानमन्त्री, लेखासमितिको सभापति वा सांसदहरू हुँदा उनीहरूले प्रदर्शन गरेका निष्कलङ्क छविबाट पनि प्रस्ट हुन्छ । हामीले आशा गर्नुपर्दछ, जनताले त्यस प्रकारको पार्टीलाई नै ठुलो सङ्ख्यामा आफ्‌नो समर्थन दिएर त्यसलाई शक्तिशाली बनाउने छन् । त्यसो भएपछि नै त्यो पार्टीले भ्रष्टाचारको निवारण गरेर देशमा शुशासन कायम गर्न वा देशको दिगो विकासमा ठोस योगदान दिन सक्नेछ । त्यस प्रकारको पार्टी नै अहिले देशको लागि विकल्प हुन सक्दछ । त्यो भनाइको सार यो हो, त्यस प्रकारको पार्टी नै देशमा जनताले आशा गरे जस्तो सही विकल्प हुन सक्दछ । त्यसको विपरित भ्रष्टाचार वा कुशासनका लागि बदनाम भएका, प्रतिगमन वा साम्राज्यवादको पछाडि लागेका, जनतालाई भेडाबाख्रा जस्तै बनाएर पैसाले किन्न खोज्ने जस्ता तŒवहरूले नै चुनाव जित्छन वा सत्तामा आउँछन् भने देशको झन् बढी अधोगति नै हुनेछ ।

    ६. अहिले देशको राजनीतिमा पुराना र नयाँ पार्टीहरू वा वृद्ध र जवान जस्ता कुराहरू निकै उठ्ने गरेका छन् र त्यसका आधारमा नै पार्टी वा नेताहरूको पनि मुल्याङ्कन गर्ने गरिएको छ । त्यस प्रकारको सोचाइ सैद्धान्तिक रूपले नै गलत हो । प्रश्न को नयाँ हो, को पुरानो हो वा को वृद्ध हो र को जवान, त्यो कसुरका आधारमा नै कुनै व्यक्ति वा पार्टीको मुल्याङ्कन गर्नु सही होइन । कसको विचार, दृष्टिकोण वा भूमिका सही छ ? त्यसका आधारमा नै कुनै व्यक्ति वा पार्टीको मुल्याङ्कन गरिनु पर्दछ । देशको राजनीतिमा, एकातिर, वृद्ध भएर वा सरकारमा गएर पनि कुनै प्रकारको भ्रष्टाचारमा संलग्न नभएका र सँधै इमान्दार रहेका व्यक्तिहरू पनि पाइन्छन भने, अर्कातिर, अरबौँ रुपैया भ्रष्टाचार गरेर पनि जनतामा भ्रम दिन सकेका वा ‘लोकप्रिय’ भएका कैयौँ व्यक्ति वा राजनीतिक समूहहरू पनि पाइन्छन् । जनतामा देखा पर्ने लोकप्रियतावादी सोचाइका कारणले राजनीतिमा त्यस प्रकारको भ्रामक स्थिति पनि उत्पन्न हुने गर्दछ र त्यसबाट देश र जनतालाई धेरै क्षेति पुग्ने गर्दछ । खाली जनतामा उच्च प्रकारको राजनीतिक चेतना उठेपछि नै त्यस प्रकारको लोकप्रियतावादी वा भ्रामक सोचाइबाट मुक्त हुनु सम्भव हुन्छ ।

    ७. अन्तमा एउटा अर्को घटनाबारे पनि केही चर्चा गर्नु सायद अप्रासांगिक हुने छैन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको राजापरस्त सोचाइप्रति पनि हाम्रो ध्यान आकर्षित भएको छ । उनलाई ओलीले पार्टीको सदस्यता प्राप्त गर्ने कार्यबाट रोकेका थिए र ओलीको त्यस प्रकारको कार्यशैलीको हामीले आलोचना पनि गरेका थियौँ । अहिले गणतान्त्रिक व्यवस्था अन्तर्गत दुई/दुई पल्ट राष्ट्रपति भएको व्यक्तिले राजाप्रति झुकाव देखाउनुलाई कुनै पनि प्रकारले सही भन्न सकिन्न । के उनले त्यसबारे आफ्‌नो स्थिति स्पष्ट गर्नेछन् ? जेहोस्, अहिले उनले राजाबारे दिएको अभिव्यक्तिबाट राजनीतिक दृष्टिकोणले उनी धेरै नै अपरिपक्व भएको र उनको राजनीतिक स्तर धेरै नै न्यून भएको कुराको आभाष मिल्दछ ।

    २०८२ पौष १४ गते

    मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.