• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘गृहमन्त्रीलाई बलप्रयोग गर्ने अधिकार छैन’ पूर्व गृहमन्त्री लेखक– ‘त्यस्तो आदेश दिएको पनि छैन’


  •   सोमबार, पुष १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखकले कुनै पनि गृहमन्त्रीलाई बलप्रयोग गर्ने अधिकार नभएको स्पष्ट पार्दै भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा आफूले त्यस्तो आदेश नदिएको दाबी गरेका छन् ।

    Advertisement

    २०८२ पुस १४ गते सोमबार जेनजी घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिँदै उनले सो दाबी गरेका हुन् ।

    छ पृष्ठ लामो लिखित धारणा प्रस्तुत गर्दै उनले यस सम्बन्धमा विस्तृत रूपमा त्यतिखेरको घटनाक्रमको चर्चा गरेका छन् ।

    “गृहमन्त्रीलाई कुनै पनि कानुनले बलप्रयोग गर्ने सम्बन्नधमा निर्देशन दिने अधिकार दिएको छैन । त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन” उनले भनेका छन् ।

    पूर्व गृहमन्त्री लेखकले अगाडि भनेका छन्– “सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बलप्रयोग गर्ने/नगर्ने वा कति गर्ने भन्ने विषयको न त कुनै कानुनी जिम्मेवारी छ, न त यसबारे ज्ञान नै हुन्छ, न त व्यवहारत: त्यस्तो आदेश दिने कुरा हुन्छ । न त त्यस्तो कुनै आदेश नै दिइएको थियो ।”

    राजीनामाबारे

    पूर्वमन्त्री लेखकले आफूले अपेक्षा गरेकोभन्दा फरक प्रकारले एकाएक हताहति भएपछि आफूले राजीनामा दिएको स्पष्ट पारेका छन् ।

    उनले भनेका छन्– “भदौ २३ गतेको हृदयविदारक घटनामा युवाहरूको ज्यान गएको र कैयौँ घाइते बनेको अवस्थाले मलाई मर्माहत मात्र बनाएन, मेरो मन छियाछिया हुन पुग्यो । यस्तो अकल्पनीय घटना भएको अवस्थामा गृहमन्त्रीको हैसियतले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा गर्ने निर्णय लिएँ ।”

    उनले राजीनामा आफूले सो दुर्घटनाबाट पीडा भएर नैतिकताको आधारमा राजीनामा दिन्छु भन्ने भाव व्यक्त गरेको पनि स्मरण गराएका छन् ।

    सुरक्षा समितिको बैठक

    बयानमा उनले भदौ २२ गते साँझ ६ बजे आफू अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको बताएका छन् । सो बैठकमा गृहसचिव, रक्षासचिव, सेनाका उच्चपदस्थ अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, अनुसन्धान विभागका प्रमुख, गृहमन्त्रालयको शान्ति सुरक्षा तथा समन्वय महाशाखा हेर्ने सहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी र काठमाडौँ प्रहरी प्रमुखसमेतको उपस्थिति रहेको बताइएको छ ।

    बैठकमा पहिलो कुनै हताहति हुन नहुने, द्वितीय शान्तिसुरक्षको समन्वयात्मक प्रबन्ध मिलाउनुपर्ने र तृतीय राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीनताबारे सचेत हुनुपर्ने निष्कर्ष निकालिएको पूर्व गृहमन्त्री लेखकले बताएका छन् ।

    सुरक्षा समितिको बैठकपूर्व प्रधामन्त्री, सञ्चार तथा सूचनाप्रविधि मन्त्रीसमेतको बैठकमा पनि हताहति नहुने गरी सुरक्षा प्रबन्ध मिलाउन भनिएको उनले दोहोर्‍याएको छन् ।

    जेनजी प्रदर्शनमा घुसपैठ

    बयानको क्रममा लेखकले जेनजी आन्दोलनमा घुसपैठ भएको धारणा राखेका छन् ।

    “यो नियोजित षड्यन्त्र थियो । यो राष्ट्र र लोकतन्त्रमाथिको नियोजित आक्रमण हो भन्ने मेरो ठम्याइ छ” उनले भनेका छन् ।

    भदौ २३ गतेको भन्दा भदौ २४ गतेको घटनालाई पृथक रूपमा लिनुपर्ने बताउँदै उनले अगाडि भनेका छन्– “भदौ २४ गतेका घटनालाई युवाको मागभन्दा पृथक ढङ्गले हेर्नुपर्दछ र आपराधिक कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्दछ भन्ने म ठान्दछु ।”

    पूर्वमन्त्री लेखकले आफू गृहमन्त्री हुँदा नीतिगत र कानुन निर्माणमा केन्द्रित रहेको बताउँदै त्यस अवधिमा प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक निर्माण प्रक्रियामा रहेको स्मरण गराएका छन् ।

    व्यक्तिगत क्षति

    जेनजी प्रदर्शनको क्रममा आफ्नो महेन्द्रनगर र काठमाडौँका घर आगो लगाएर ध्वस्त पारिएकोमा लेखकले सिङ्गो देश नै खरानी बनाइएका बेला आफ्नो पीडालाई गौण ठानेको धारणा राखेका छन् ।

    बयानमा उनले भदौ २४ गतेको घटनाका कारण अक्सिजन लगाउनुपर्ने सिकिस्त बिरामी आमालाई अक्सिजन लगाउन नपाउँदा असामयिक निधन भएको जानकारीसमेत दिएका छन् ।

    सोमबार, पुष १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.