बाग्लुङ । अखिल नेपाल युवक संघ बागलुङको ११औँ जिल्ला सम्मेलन (कुश्मिसेरा) मा सम्पन्न भएको छ ।
सम्मेलनले बिरेन्द्र थापा (जैमिनी) को अध्यक्षतामा १७ पूर्ण, चार बैकल्पिक र दुई सल्लाहकार गरी २३ सदस्यीय जिल्ला समिति निर्वाचित गरिएको छ । जसमाः उपाध्यक्ष – अनिल गिरी (बडिगाड), सचिव– दुर्गा थापा (बरेङ), सहसचिव – ईन्द्रमान छन्त्याल (ढोरपाटन), कोषाध्यक्ष – भिषम छन्त्याल (निसीखोला) रहनुभएको छ ।
त्यसैगरि सदस्यमा क्रमशः तुफान पुन (बरेङ), बिष्णु शर्मा (जैमिनी), प्रकाश पौडेल (बा.न.पा.), प्रदिप पुन (काठेखोला), दुर्गा खत्री (गलकोट), मसुमन अर्ग्रेजा (ढोरपाटन), बिरेन्द्र शाही (निसीखोला), रमेश क्षेत्री (बरेङ), खडक थापा (जैमिनी), कमला सुवेदी (बा.न.पा.), आसमाया विक (ढोरपाटन), झक बहादुर क्षेत्री (जैमिनी), बैकल्पिक सदस्यमाः यम बहादुर थापा (बडिगाड), कपिल श्रीपाली (ढोरपाट), प्रेम थापा (काठेखोला), एक स्थान रिक्त रहेको छ ।
त्यसैगरि गिता कुमारी विक र प्रेम थापालाई सम्मेलनले सल्लाहकार चयन गरेकोछ ।
बन्दसत्रमा कृष्ण अधिकारी, तिलक थापा, नर बहादुर पुन, गणेश अधिकारी र सुवास जिसीले प्रशिक्षण दिनुभएको थियो । बन्दसत्रको कार्यक्रम बिष्णु पुन, अनिल गिरी र गिता कुमारी विक रहेको तीन सदस्यीय अध्यक्षमण्डलले सञ्चालन गरेको थियो ।

बन्दसत्रमा सांगठनिक प्रतिवेदन– बिरेन्द्र थापाले र विशेस प्रस्ताव– सचिव दुर्गा थापाले प्रस्तुत गरेका थिए ।
समापन समारोहको सञ्चालन तुफान पुनले, अध्यक्षता– इन्द्रमान छन्त्यालले गर्नुभएको थियो । समापन समारोहमा अध्यक्ष बिरेन्द्र थापाले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
ब्यवस्थापक चित्र चापागाईं, महासचिव– बिष्णु पुनले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।