खिमराज चालिसे, चन्डिगढ ।
Advertisement
भारतको सुदूर पश्चिमोत्तर क्षेत्र हनुमानगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर भेला सम्पन्न भएको छ ।
महासचिव त्रिभुवन भट्टराईको प्रमुख आतिथ्यमा डिसम्बर २८, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो
कार्यक्रममा भेलाद्वारा निर्वाचित समितिको घोषणा क्षेत्रीय समितिका सदस्य गिरुप्रसाद न्यौपानेले गर्नुभएको थियो ।
घोषित ११ सदस्यीय समितिमा अध्यक्ष राजु रसाइली रहनुभएको छ भने सचिवमा हिमराज सुनार, कोषाध्यक्ष हीराबहादुर सुनार रहनुभएको छ ।
त्यसैगरी सदस्यमा नरबहादुर सुनार, खिमबहादुर सुनार, मीना सुनार, दीपक सुनार, प्रेम सुनार, रवि शाह, मोहन रसाली र केसबहादुर केसी रहनुभएको छ ।
कार्यक्रम मोहन रसालीको अध्यक्षता, राजु रसाइलीको सञ्चालन तथा हीराबहादुर सुनारको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।
