काठमाडौँ । राष्ट्रिय जनमोर्चाले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
महासचिव मनोज भट्टको नेतृत्वमा कान्तिपथस्थित आयोगको कार्यालय पुगेको राजमोको टोलीले बन्दसूची दर्ता गराएको हो ।
महासचिव भट्टका अनुसार ५० प्रतिशत महिलासहित एक सय १० जनाको बन्दसूची आयोगमा बुझाइएको छ ।
नियमावलीअनुसार नै खसआर्य ३३ जना (३०.२८ प्रतिशत), आदिवासी जनजाति ३२ (२८.७२ प्रतिशत), मधेसी १८ (१६.१५ प्रतिशत), दलित १५ (१३.४४ प्रतिशत), थारू ७ (६.५ प्रतिशत) र मुस्लिम ५ (४.८० प्रतिशत) गरी एक सय १० जनाको बन्दसूची बुझाइएको उहाँले जानकारी दिनुभयो ।
बन्दसूची बुझाउन राजमो केन्द्रीय सचिव घनश्याम न्यौपाने, केन्द्रीय सदस्य सुधा पौडेलसँगै हरिकान्त शर्मा, गोविन्दकुमार शर्मा, धनवीर पुन र मदन शर्मासमेत आयोग पुग्नुभएको थियो ।
आज समानुपातिक बन्दसूची बुझाउनेमध्ये राजमो तेस्रो क्रममा रहेको आयोगले जानकारी दिएको छ ।
आयोगले पुस १७ गते सो नामावलीमाथि जाँचबुझ गर्ने जानकारी दिएको छ ।
