भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अतिथि केन्द्रीय समितिका तालबहादुर खड्काको आतिथ्यतामा उक्त वनभोज कार्यक्रम भोपालको धन्बन्त्री पार्कमा सम्पन्न भएको हो ।
कार्यक्रममा नारायण सापकोटा, सुरेशनारायण पान्डे, महिलाबाट श्रीमति लक्ष्मी रोकामगरका साथै विभिन्न सङ्घ, सङ्गठन, समाज, बुद्धिजीवी व्यक्तित्वलगायत ३० जनाको आतिथ्यता रहेको थियो ।
आयोजक समितिका उपाध्यक्ष केसव खड्काको स्वागतपछि रक्तिमका कलाकारले गीतबाट स्वागत गरेका थिए ।
कार्यक्रममा स्वास्थ्यमा निसुल्क जाँच परामर्श, दबाई वितरण साथै समाजमा योगदान पुर्याइएका, विद्यालयबाट बोर्ड परिक्षामा ग्रेट ल्याइ पास भएका विद्यार्थी, समाजमा उत्कृष्ट कार्य गर्नुभएका सदस्य, कलाकार व्यक्तित्वलाई प्रसंशा पत्र, ट्राफि, दोसल्ला र फुलमालाले सम्मान गरिएको थियो ।
कार्यक्रमा रचनात्कम खेल, बौद्धिक प्रश्नउत्तर कार्यक्रमको साथै नाचगान कार्यक्रमसँगै भोजनको व्यवस्था गरिएको थियो ।
वनभोजमा ३० जना नयाँ सदस्यलाई सदस्यता वितरण पश्चात अबिर र मालाले सम्मान गएिकोे थियो ।
विहान १० बजे देखि सुरु भएको वनभोज साँझ पाँच बजेसम्म चलेको थियो । कार्यक्रममा करिब पाँचसय जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमा अध्यक्षता अर्जुन जिएमले गर्नुभएको थियो भने सञ्चालन सोनु थापाको रहेको थियो ।
