कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा ४ को चनईमा राष्ट्रिय जनमोर्चाको गाउँ भेला सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सरिफ खानको अध्यक्षतामा सल्लाकार सहित १५सदस्सीय राष्ट्रिय जनमोर्चा चनई गाउँ कमिटी गठन गरेको छ ।
जस अनुसार उपाध्यक्ष– सेवक पासी, सचिव– अनिता पासी, सहसचिव– झिगरु दुनिया, कोषाध्यक्ष– बालेश्वर पासी, सदस्यहरूमाः भुन्दु नाउँ, मोहमद अली, गंगा देवी पासी, निवास पासी, रामदास मूरा उ, अमिन पासी, वैकल्पिक सदस्यमा अजोरी पासी, शीवालक कलवार, सल्लाकारमा तारा मती लोहार र पवन गुप्ता रहनु भएको छ ।
अदैले वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।
राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य राम बहादुर चमारले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सेवक पासीको अध्यक्षता, पवन गुप्ताको सञ्चालन र बलेश्वर पासीले स्वागत मन्तव्य राख्नु भएको थियो ।