• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अयोध्या र रामबारे प्रधानमन्त्रीको अभिव्यक्ति गलतः मसाल


  •   मङ्गलबार, असार ३०, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र रामबारे हलुका टिप्पणी गरेको भन्दै विरोध गरेको छ । अध्ययन अनुसन्धान र प्रमाण बिना प्रधानमन्त्रीको हैसियतमा त्यसखालको अभिव्यक्ति दिन नहुनेमा मसालले जोड दिएको छ ।

    Advertisement

    मसाल प्रवक्ता रामप्रकाश पुरीले मंगलबार एक वक्तव्य प्रकाशित गरी कार्यकारी अधिकार सम्पन्न र सरकार प्रमुख पदबाट घोषणा हुने वा बोलिने विषय आधिकारिक हुने भन्दै प्रमाण विनाका अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई सचेत गराउनुभएको छ ।

    अध्ययन–अनुसन्धानले पुष्टि गरेका र राज्यले पनि स्वीकृत गरेका तथ्यहरूलाई आधार बनाएर मात्रै देशको आधिकारिक निकाय वा व्यक्तिले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने मसालले जनाएको छ ।

    यस्तो छ, वक्तव्यः
    ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबाट पौराणिक विषय अयोध्या र रामसम्बन्धी विषयवस्तुलाई दिग्भ्रमित बनाउने कार्य भएको छ । कुनै अध्ययन वा अनुसन्धानकर्ताले कुनै विषयमा आफ्नो विचार, धारणा वा कुनै तथ्य प्रस्तुत गर्नुलाई अन्यथा लिइँदैन । विषयवस्तु प्रमाणयुक्त छ वा छैन रु अनुसन्धानकर्ताले कसरी अध्ययन र अनुसन्धान गर्‍यो, के–कस्ता पुष्टि र प्रमाणहरू प्रस्तुत गर्‍यो रु आदि पक्षलाई ध्यानमा राखिन्छ र तिनै पक्षले अनुसन्धान भएको विषयवस्तुबारे विश्वसनीयताको आधार निर्माण गर्दछन् । त्यसरी नै अध्ययन र अनुसन्धानकर्ताको हैसियतबाट ओलीले पनि आफ्नो धारणा वा विचार राख्न सक्दछन् । तर ओलीले जुन अभिव्यक्ति दिए त्यो अध्ययन र अनुसन्धानकर्ताको हैसियतबाट नभएर प्रधानमन्त्रीको हैसियतबाट दिएको कुरा प्रष्ट छ । त्यसरी प्रधानमन्त्रीको पदमा बहाल रहेको व्यक्तिले त्यसप्रकारको धारणा व्यक्त गर्न वा अभिव्यक्ति दिनुलाई हामीले गलत मान्दछौँ । हाम्रो देशको प्रधानमन्त्री पद आधिकारिक धारणा प्रस्तुत गर्ने प्रमुख र पहिलो पद हो । किनभने यो कार्यकारी अधिकार सम्पन्न र सरकार प्रमुख पद भएकोले यसको आसनबाट घोषणा हुने वा बोलिने विषय आधिकारिक हुन्छ ।

    पौराणिक, प्राचीन र ऐतिहासिक विषय सँधै अध्ययन र अनुसन्धानका विषय भइरहन्छन् । एक समयमा स्थापित भएको तथ्यलाई आधार मानेर पौराणिक, प्राचीन र ऐतिहासिक विषयबारे जनधारणा बनेको हुन्छ भने अर्को समयमा तिनै विषयबारे नयाँ मान्यता निर्माण हुन सक्दछ । तर कुनै विषयबारे स्थापित मान्यतालाई विस्थापित गर्नका लागि नयाँ अध्ययन र अनुसन्धानले बढी वैज्ञानिक, तथ्यपूर्ण र प्रमाणिक विषय पेश गर्नुपर्दछ । राम र सीता सम्बन्धीका विषयहरू पौराणिक कुरा हुन् । यी विषयमा कुनै नयाँ अनुसन्धानले नयाँ तथ्य स्थापना नगर्दासम्म अहिलेसम्म स्थापित हुँदै आएको मान्यता नै स्वीकृत मान्यता हुन्छन् । त्यो अवस्थामा राम, सीता, अयोध्या आदि विषयसम्बन्धीका पूर्व मान्यतालाई विस्थापित गर्न कुनै खोजमूलक तथ्यले स्थान लिनुपर्ने आवश्यकता हुन्छ । गौतम बुद्धको जन्मस्थानबारे पनि कैयौँ अफवाह र भ्रम उत्पन्न गरिएका थिए । तर अनुसन्धानहरूले बुद्धभूमि नेपाल नै भएको कुरा पुष्टि गरेकोले त्यो नै विश्वको लागि स्थापित मान्यता बनेको छ ।

    त्यस्तै श्रीलङ्काका विषयमा पनि कैयौँ पौराणिक कुरा छन् । लङ्का, सिलोन, श्रीलङ्का आदि नामले चिनिएको श्रीलङ्काको स्थापना र निर्माणसम्बन्धी कैयौँ पौराणिक, प्राचीन र ऐतिहासिक विवरण पाइन्छन् । त्यस्तै संसारका कैयौँ विषय, स्थान, व्यक्ति वा भूगोल आदिबारे पनि त्यस्ता विवरणहरू रहेका पाइन्छन् । जसबारे अझै अध्ययन र अनुसन्धानको आवश्यकता रहेको हुन्छ र आधिकारिक तथा प्रमाणिक तथ्यलाई स्थापना गर्ने कार्य गर्नुपर्ने हुन्छ । अध्ययन–अनुसन्धानले विषयलाई जति तथ्यपरक बनाउँदै लैजान्छन्, त्यति नै स्पष्ट मान्यताको स्थापना हुने भएकोले अध्ययन–अनुसन्धानले तथ्यलाई बढी प्रमाणिक बनाउने कार्य गर्नै पर्दछ । त्यसरी अध्ययन–अनुसन्धानले पुष्टि गरेका र राज्यले पनि स्वीकृत गरेका तथ्यहरूलाई आधार बनाएर देशको आधिकारिक निकाय वा व्यक्तिले आफ्नो धारणा सार्वजनिक गर्नुपर्दछ । यसरी विचार गर्दा प्रधानमन्त्री ओलीको अभिव्यक्ति जिम्मेवारीपूर्ण देखिँदैन ।’

    यो पनिः अयोध्या नेपालकै गाउँ हो, राम पनि नेपालीनै हुन्ः प्रधानमन्त्री ओली

    मङ्गलबार, असार ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.