कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (मसाल) कञ्चनपुर जिल्ला समितिको आयोजनामा आज महेन्द्रनगरमा १३३औँ माओ जयन्ती सम्पन्न पारिएको छ ।
Advertisement
किसान संघका अध्यक्ष टुङ्गे बोहराको अध्यक्षता तथा राजमो जिल्ला सचिब लाल बहादुर कुँवरको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा तमजमोका महासचिब राजाराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै राजमो जिल्ला अध्यक्ष राम बहादुर कार्की, अन्टुक नेता जनक कुँवर, राजमोका जय बहादुर मल्ल र प्रमानन्द खडायतले पनि अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
वक्ताहरूले माओले देखाएको बाटो नै श्रमजिवी वर्गको मुक्तिको मुल बाटो भएको विषयमा नै जोड दिएका थिए ।