• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मसालको केन्द्रीय कार्यालयले मनायो एक सय तेत्तिसौँ माओजयन्ती


  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा/चन्द्रा श्रीस, काठमाडौँ ।

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टी (मसाल) केन्द्रीय कार्यालयले एक सय तेत्तिसौँ माओजयन्ती मनाएको छ ।

    २०८२ पुस ११ गते तदनुसार डिसेम्बर २६, २०२५ का दिन कपनस्थित राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय सभाकक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमको प्रमुख अतिथि मसालका महामन्त्री मोहनविक्रम सिंह हुनुहुन्थ्यो ।

    माओजयन्ती अन्तर्राष्ट्रिय महत्त्वको : सिंह

    कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री सिंहले माओजयन्ती अन्तर्राष्ट्रिय महत्त्वको दिवस भएको दाबी गर्नुभयो ।

    ‘सर्वप्रथम त माओले सही दर्शनको आधारमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनुभयो’ उहाँले भन्नुभयो– ‘उहाँले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको आधारमा विश्व सर्वहारा आन्दोलन अगाडि बढाउनुभयो ।’

    उहाँले माओको सही राजनीतिक अडानकै कारण चीनमा समाजवाद निर्माण गर्नु सम्भव भएको बताउनुभयो ।

    नेपालको राजनीतिक परिस्थितिबारे चर्चा गर्दै उहाँले जेनजी आन्दोलन विशुद्ध युवाविद्यार्थीको आन्दोलन नभएको बताउनुभयो ।

    ‘जेनजी आन्दोलन प्रकट रूपमा युवाविद्यार्थीको जस्तो देखिन्छ तर त्यस्तो होइन’ उहाँले भन्नुभयो– ‘त्यसका पछाडि साम्राज्यवादीको हात रहेको छ । जेनजी आन्दोलनलाई साम्राज्यवादले उपयोग गरेका छन् ।’

    उहाँले युवा भएर मात्रै भएर होइन, सही राजनीतिक, अनुशासन र सङ्गठित युवाले मात्रै देशको अवस्थामा परिवर्तन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

    माओको विचारले नेपालमा क्रान्ति सम्भव : नेपाली

    कार्यक्रममा मन्तव्य राख्दै राजमो कावा अध्यक्ष रश्मिराज नेपालीले माओत्सेतुङ विचारधाराको आधारमा मात्रै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुन सक्ने दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘माओले अँगालेको विचारले मात्रै नेपालमा नयाँ जनवादी क्रान्ति सम्भव छ ।’

    चीनमा चलेको अफिम युद्धको स्मरण गर्दै अध्यक्ष नेपालीले चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादी व्यवस्था निर्माण गर्नमा माओको नेतृत्वदायी भूमिका रहेको उहाँको भनाइ थियो ।

    ‘माओका विचार विश्वव्यापी महत्त्वका छन् । त्यसकारण माओ विचारधारा अजेय छ’ उहाँले थप्नुभयो ।

    तेस्रो मुलुकको सर्वहारा क्रान्तिमा माओको योगदान : भट्ट

    त्यस्तै, कार्यक्रममा मन्तव्य राख्दै राजमो महासचिव मनोज भट्टले तेस्रो मुलुकमा भएका सर्वहारा क्रान्तिमा माओकै योगदान विशिष्ट रहेको स्पष्ट पार्नुभयो ।

    ‘पुँजीको विकसित अवस्था रहेको देशमा लेनिन–स्टालिनको वैचारिक नेतृत्वमा सर्वहारा क्रान्ति भयो’ उहाँले भन्नुभयो– ‘पुँजीको विकास नभएका जति पनि देशमा सर्वहारा क्रान्ति भए, त्यसमा माओत्सेतुङको योगदान छ ।’

    मन्तव्यको क्रममा उहाँले माओले दर्शन, राजनीति र अर्थशास्त्र गरी माक्र्सवादका तीनओटै सङ्घटक अङ्गमा योगदान दिएको बताउनुभयो ।

    माओ आफू किसान समुदायमा जन्मिएर पनि विकसित कम्युनिस्ट सिद्धान्त उत्पादनमा योगदान गरेको उहाँको धारणा थियो ।

    नेपालमा चीन घेर्ने साम्राज्यवादी राजनीति चर्को : शर्मा

    कार्यक्रममा मन्तव्य राख्दै राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माले देशमा यतिखेर चीनलाई घेर्ने साम्राज्यवादी राजनीति चर्को रूपमा रहेको बताउनुभयो ।

    ‘पछिल्लो समयमा भारतलाई उछिनेर अमेरिका नेपालमा पसेको छ’ उहाँले भन्नुभयो– ‘अमेरिकाले यस्तो गर्नुको पछाडि चीनलाई घेर्ने अमेरिकी साम्राज्यवादको हात छ ।’

    नेता शर्माले चीन र भारतको नेपालमा चलखेलका विरुद्ध चीन पनि आक्रामक रूपमा आउने सम्भावना व्यक्त गर्नुभयो ।

    उहाँले साम्राज्यवादी चलखेल विरुद्धको सङ्घर्षलाई नेतृत्व दिन नेकपा (मसाल) तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    कार्यक्रममा अखिल नेपाल महिला सङ्घ काठमाडौँकी हीरा रोकाजिसीले पनि मन्तव्य राख्नुभएको थियो ।

    मसालका केन्द्र्रीय प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन मसालकै काठमाडौँ प्रवक्ता जगत रेग्मीले गर्नुभएको थियो ।

    कार्यक्रममा उपस्थित सहभागीलाई राजमो काठमाडौँका सचिव छवि खनालले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय सचिव घनश्याम न्यौपाने, युगदर्शन मिडियाका व्यवस्थापक हरिकान्त शर्मा, राजमो नेता वासु पोखरेल, राजमो काठमाडौँका दिवाकर सुवेदीलगायतको आतिथ्य रहेको थियो ।

      

    शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.