• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

साम्राज्यवादी हस्तक्षेप बढ्दै जाँदा देश बन्धन बन्ने सम्भावना : केसी (फोटासहित)

"शिक्षक सङ्घको पाँचौँ महाधिवेशन सुरु "

  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमाथि अमेरिकी साम्राज्यवादले योजनाबद्ध, सङ्गठित र आक्रामक रूपमा हस्तक्षेप बढाउँदै गर्दा देशलाई बन्धक बन्ने सम्भावना रहेको आशङ्का व्यक्त गर्नुभएको थियो ।

    रुपन्देहीको बुटवलमा आयोजित अखिल नेपाल शिक्षक सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    पुस १३ गतेसम्म चल्ने महाधिवेशनको पहिलो दिन २०८२ पुस ११ गते शुक्रबार अध्यक्ष केसीले उद्घाटन मन्तव्य राख्दै हुनुहुन्थ्यो ।

    अध्यक्ष केसीले कङ्ग्रेस, एमाले र माओवादीजस्ता सत्ताधारी दलहरू विदेशी शक्तिका दलाल बनेर एमसिसीजस्तो राष्ट्रघाती सम्झौता संसद्बाट पारित गराई अमेरिकी चलखेललाई औपचारिक रूपमा नेपाल भित्राएको दाबी गर्नुभयो ।

    ‘आजको राज्यसत्ता जनताको होइन, विदेशी शक्तिको इसारामा चल्ने दलाल सत्तामा रूपान्तरण भएको छ’ उहाँले भन्नुभयो– ‘एमसिसी केवल आर्थिक परियोजना होइन, यो अमेरिकी साम्राज्यवादको राजनीतिक, सैनिक र वैचारिक हस्तक्षेपको ढोका हो ।’

    अध्यक्ष केसीले अमेरिकी योजनाअनुसार नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्ने, आन्दोलनलाई दिशाहीन बनाउने र जनआक्रोशलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने षड्यन्त्र तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो।

    ‘सत्ता र भ्रष्टाचारको लोभमा ठुला दलले देशको सार्वभौमिकता, स्वाधीनता र आत्मनिर्णयको अधिकार कौडीको भाउमा सुम्पिएका छन्’ उहाँको कडा टिप्पणी थियो ।

    जेनजी आन्दोलनको सन्दर्भमा अध्यक्ष केसीले युवाका माग स्वाभाविक, जायज र जनपक्षीय भए पनि ती आन्दोलनलाई विदेशी शक्तिले आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गरेको उहाँले भन्नुभयो ।

    ‘जेनजीका माग गलत होइनन्, ती देशको वस्तुगत अवस्थाबाट जन्मिएका हुन् तर ती आन्दोलनलाई विदेशी शक्तिले अपहरण गरेर आफ्नो एजेन्डा पूरा गर्न खोजिरहेका छन् । सचेत नभए युवाको विद्रोह साम्राज्यवादी खेलको मोहरा बन्न सक्छ’ केसीले भन्नुभयो ।

    शिक्षकका मागबारे बोल्दै अध्यक्ष केसीले विद्यालयलाई विदेशी विचारधाराको प्रयोगशाला बन्न नदिने दृढ अडान लिन आग्रह गर्नुभयो ।

    ‘शिक्षकहरू ज्ञान बेच्ने व्यापारी होइनन्, उनीहरू राष्ट्रियता, स्वाधीनता र क्रान्तिकारी चेतनाका निर्माता हुन् । शिक्षक मौन बस्यो भने देश साम्राज्यवादको गुलाम बन्नेछ’ उहाँले चेतावनी दिनुभयो ।

    कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले कङ्ग्रेस, एमाले र माओवादीको सत्ताकेन्द्रित, अवसरवादी र जनविरोधी कार्यशैलीका कारण जनतामा विद्रोहको चेतना तीव्र रूपमा फैलिँदै गएको बताउनुभयो ।

    उहाँले शिक्षकहरू राष्ट्रका बौद्धिक हतियार भएको उल्लेख गर्दै राष्ट्रियताको सवालमा सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

    महाधिवेशनमा नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारी, प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठनका उपाध्यक्ष अच्युतराज नेपाल, अखिल नेपाल शिक्षक सङ्गठनका प्रतिनिधि गङ्गालाल प्रधान, नेपाल राष्ट्रिय शिक्षक परिषद्का भीम पाण्डे, नेपाल शिक्षक महासङ्घका महासचिव विक्रम झा उपाध्यायलगायत विभिन्न शिक्षक सङ्घका प्रतिनिधिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै, महाधिवेशनलाई कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल किसान महासङ्घ (अन्टुक) का चन्द्रबहादुर केसी, अखिल नेपाल युवक सङ्घका सचिव ठाकुर पन्थी, अखिल नेपालल महिला सङ्घकी केन्द्रीय सदस्य सम्झना पौडेल, अखिल (छैठौँ) का अध्यक्ष सुवास जिसी, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल कानुन व्यवसायी सङ्घका हेमराज शर्मा, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्र्रे आलम, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय सल्लाहकार ढुन्डिराज शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य केहरसिंह पुनलगायतले मन्तव्य राख्दै साम्राज्यवाद, भ्रष्टाचार र दलाल सत्ता विरुद्ध सङ्गठित सङ्घर्ष अपरिहार्य भएको धारणा व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्कीले गर्नुभएको थियो भने सञ्चालन महासचिव चक्रपाणि पौडेलले गर्नुभएको थियो ।

    स्वागत मन्तव्य केन्द्रीय सदस्य कृष्णप्रसाद आचार्यले राख्नुभएको थियो ।

     

     

    शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.