नेपालगञ्ज, पौष ११ । बास नेपाल बर्दिया शाखाले बर्दियाको गुलरियामा कपडा बैंकको शुरु गरेको छ ।
Advertisement
‘हुनेबाट नहुनेलाई उपहार, न्यानो बाँडौँ मानवता जोगाऔँ’ भन्ने मुल उद्देश्यका साथ पुस १० गते विहिबारदेखि बैंक शुरु गरिएको हो । गुलरियाको राधाकृष्ण चौकमा एक कार्यक्रमका बिच उक्त कपडा बैंक आरम्भ गरिएको छ।
आमनागरिकहरूसम्मलाई सहयोग पुग्ने उद्देश्य बोकेर बास नेपाल बर्दिया शाखाका युवाहरू मिलेर कपडा बैंक स्थापना गर्ने योजना अघि बढाएका हुन् । संकलन गरिएका कपडाहरू लिन आएका ब्यक्तिहरूलाई सोही अवसरमा बितरण समेत गरिएको थियो ।