• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

वैकल्पिक नयाँशक्ति निर्माणको नाममा देखा परेको अनैतिक परिदृष्य (समाचार टिप्पणी)


  •   बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा थुनामुक्त भएसँगै राजनीतिक भेटघाट तीव्र भएको छ । जेनजी आन्दोलनपछि वैकल्पिक नयाँशक्ति निर्माणको नाममा यो भेटघाट तीव्र बनाइएको बताइँदैछ ।

    आवरणमा हेर्दा रविको भेटघाटमा केन्द्रविन्दु बनेका छन्, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह । उनीसित रविले पटकपटक भेटघाट गरिसकेका छन् । अझैसम्म ठोस सहमति भइनसकेको भन्दै पुन: भेट हुने भनिएको छ ।

    अहिले जेनजी आन्दोलनको स्वामित्व लिइरहेका स्वघोषित तर गैरजेनजी सुदन गुरुङले त रवि–बालेनमाझ पुस १० गते ललितपुरको ज्वागलमा भएको भेटवार्ताको क्रममा बाहिर गेटमा ताल्चा नै लगाइदिएको खबर मिडियामा भाइरल भएको छ । मिडियामा गुरुङले रवि र बालेन नमिले ताल्चा नखोल्नेसम्म अभिव्यक्ति दिएको बताइएको थियो ।

    रास्वपा सिद्धान्तहीन राजनीतिक पार्टी हो भन्ने लुकेको तथ्य होइन । उनीहरूले गत २०७९ सालको चुनावी घोषणापत्रमा नै कुनै ‘वाद’ को पछि नलाग्ने बरु ‘वादलाई उपयोग गर्ने’ बताएका थिए । यो अवस्थाप्रति टिप्पणी गर्दै डा. जीवन क्षेत्रीले ‘रास्वपाको डिएनए पत्ता लगाउन बाँकी’ रहेको बताएका थिए । वास्तविकता यही हो, रास्वपाको ‘डिएनए’ अझैसम्म पत्ता लागिसकेको छैन ।

    रविले नेपाली जनतामाझ कथित विकल्पको फोस्रो कुरा गर्दै आएका छन् तर उनी असामाजिक, कानुन विरोधी प्रवृत्तिका मानिस हुन् भन्ने तथ्य पनि लुकेको छैन । देशका विभिन्न अदालतमा उनले सहकारी ठगी सम्बन्धमा बिगो बुझाइरहेका छन् तर यसबापत् उनलाई रत्तिभर आत्मग्लानि छैन बरु आफूप्रति प्रतिशोध भइरहेको दाबी गरिरहेका छन् । कङ्ग्रेस, एमाले, तत्कालीन माओवादीको कुशासनबाट जनता यति आजित छ, उनीहरू रविको यस्तो प्रवृत्तिलाई कम महत्त्व दिइरहेका छन् ।

    अहिले रविको राजनीतिक भेटघाट पनि कुनै दार्शनिक, नैतिक र सैद्धान्तिक आधारविना भइरहेको देखिन्छ । उनी पछिल्लो केही दिनयता टिकापुर नरसंहारका आरोपित रेशम चौधरीदेखि शङ्कास्पद मानिएका व्यक्तित्व अमरेशकुमार सिंहसित नजिकिएका छन् । त्यस्तै उनी सी.के. राउतदेखि ज्ञानेन्द्र शाही, सुनील शर्मा आदिसँग सम्पर्कमा छन् ।

    यस खालको भेटघाटबाट रविले कस्तो नयाँ वा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न खोजिरहेका छन् भन्ने झल्को पाउन सकिन्छ ।

    रास्वपाद्वारा आफ्नो घोषणापत्रमा लेखिएझैँ राजावादीदेखि, अपराधी पृष्ठभूमि भएका, भौगोलिक अखण्डता विरुद्ध लागेका र शङ्कास्पद विभिन्न व्यक्तिसँग भेटघाट गरिरहेका छन् । यहाँनेर कथित नयाँ वा वैकल्पिक शक्तिनिर्माणको नाममा सुदन गुरुङले बलप्रयोग किन गरिरहेका छन् ? एउटा गम्भीर प्रश्न उभिएको छ ।

    गुरुङका विषयमा जुन खालका सामग्री मिडियामा प्रकाशित भइरहेको छ, यसको आधारमा उनको सम्बन्ध “फ्री तिब्बत” वा अमेरिकासित भएको आशङ्का गरिएको छ । पुस १० गते रवि र बालेनलाई ताल्चा लगाइदिने हदसम्मको बलप्रयोग गुरुङले किन गरिरहेका छन् ? के यसका पछाडि अमेरिकाले आगामी चुनावबाट रवि, बालेन, चौधरी, सिंह, राउतलाई मिलाएर भए पनि अमेरिकापरस्त राजनीतिक शक्ति निर्माण गर्न खोजेको हो ?

    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले केही समयअघि यसै मिडियालाई अन्तर्वार्ता दिँदै भन्नुभएको थियो– ‘फागुन २१ गतेको मध्यावधि निर्वाचन गराउनकै लागि जेनजी आन्दोलन उठेको थियो भन्ने लाग्दैन ।’ उहाँले भनेजस्तै सामान्य प्रकारको मध्यावधि निर्वाचनकै लागि फागुन २१ गतेको निर्वाचन हुन थालेको मान्न सकिने स्थिति छैन ।

    संसद्वादीहरू निर्वाचन होइन, आफूले जित्ने निर्वाचन चाहान्छन् । यसका लागि हरसम्भव सबै माध्यम प्रयोग गरिनु नयाँ विषय हुन सक्दैन । फागुन २१ गतेको निर्वाचनमा यदि जेनजीको कथित विजयको अपेक्षा गरिन्छ भने त्यसका पछाडि आफूले ‘जसरी पनि जित्ने’ निर्वाचन अपेक्षा राखिन्छ भन्ने तथ्य राजनीतिक जानकारका लागि नयाँ होइन ।

    पक्कै पनि परम्परागत रूपमा नेपाली कङ्ग्रेस, नेकपा (एमाले) वा अहिले गठन भएको नेपाली कम्युनिस्ट माओवादीले बहुमत आउने गरी फागुन २१ गतेको निर्वाचन हुँदैछ भन्ने सोच्नु हल्का विषय हुने देखिन्छ । जसरी अहिले रवि र बालेनको माझमा न्यूनतम रूपमा चुनावी एकता गरेर, त्यसको वरिपरि, कुलमान, रेशम, सी.के., अमरेशलगाउतलाई उभ्याउने प्रयास गरिएको छ, त्यसका पछाडि साम्राज्यवादी स्वार्थले काम गरेको हुन सक्ने अनुमान लगाउन गाह्रो छैन किनकि कङ्ग्रेस, एमालेजस्ता शक्तिको सत्तामा पुनरागमन साम्राज्यवादीका लागि न नयाँ विषय हो, न त चासोको विषय नै ।

    भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि देश असंवैधानिक कोर्समा छ । यसलाई पुन: संवैधानिक कोर्सतर्फ फर्काउन फागुन २४ गते निस्पक्ष निर्वाचन वा प्रतिनिधिसभाको पुन:स्थापना आवश्यक छ । प्रतिनिधिसभाको पुन:स्थापना अदालतको विषय भएकाले यसबारे चर्चा गरिरहनु परेन । जहाँसम्म फागुन २१ गतेको चुनावको प्रश्न छ, त्यसमार्फत देशलाई पुन: संवैधानिक ट्रयाकमा फकाउनुपर्ने हुन्छ । यसरी लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई संस्थागत गर्दै देशलाई अग्रगामी दिशामा अगाडि बढाउनुपर्ने हुन्छ ।

    यता रवि, बालेन, सी.के., अमरेशलगायतको जुन चुनावी मोर्चाबन्दीको प्रयास भइरहेको छ, त्यसबाट नेपालमा अनैतिक राजनीतिक कोर्स अघि बढ्ने नै देखिन्छ । यसबाट देशमा नयाँ जेलेन्स्की उत्पन्न हुने र त्यसरी चीनका विरुद्ध नेपाल अमेरिकी स्वार्थको युद्धभूमिमा परिणत हुने आशङ्का गरिएको छ ।

    देशभक्त तथा लोकतान्त्रिक नेपाली जनताले यस विषयलाई कसरी लिनेछन् ? त्यसको उत्तर पाउन भने सम्भवत: फागुन २१ गते नै कुर्नुपर्नेछ ।

    बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.