काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनले स्वर्गद्वारीको तापाकोटमा समिति गठन गरेको छ ।
Advertisement
२०८२ पुस १० गतेका दिन जनजातिका केन्द्रीय अध्यक्ष निमबाहादुर बुढाथोकीको विशेष उपस्थितिमा जनजाति सम्मेलनको एक महिने अभियान अन्तर्गत समिति गठन भएको हो ।
त्यस्तै भेलामा जनजाति सम्मेलनका केन्द्रीय सदस्य हरि आले र अखिल नेपाल युवक सङ्घ प्युठानका जिल्ला सदस्य कुबेर भण्डारीको पनि आतिथ्यता रहेको थियो ।
भेलाले बालाराम घर्तिमगर अध्यक्ष रहनुभएको नौ सदस्यीय टोल समिति गठन भएको छ ।
समितिमा सचिव गंगा घर्तिमगर र कोषाध्यक्षमा जेदमान घर्तिमगर रहनुभएको छ भने सदस्यमा शशी घर्तिमगर, रिमा घर्तिमगर, बिस्नी घर्तिमगर, रुद्रबहादुर पुन, धनश्याम घर्तिमगर र मनोज पुनमगर रहनुभएको छ ।