• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

४५ जिल्लाको सहभागितामा शिक्षक सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन हुँदैछ : कार्की (अडियोसहित)


  •   बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन ४५ जिल्लाका प्रतिनिधिको सहभागितामा पुस ११ देखि १३ गतेसम्म रुपन्देहीको बुटवलमा हुने भएको छ ।

    Advertisement

    २०८२ पुस ९ गते बुधबार युगदर्शन मिडियालाई प्रतिक्रिया दिँदै सङ्घका केन्द्रीय अध्यक्ष सानोभाइ कार्कीले सो जानकारी दिनुभएको हो ।

    महाधिवेशनको पहिलो दिन पुस ११ गते बिहान ११ बजे उद्घाटन कार्यक्रम सम्पन्न हुनेछ । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुनेछ ।

    उहाँका अनुसार उद्घाटन सत्रमा नेपाल शिक्षक महासङ्घ र त्यससम्बद्ध विभिन्न शिक्षक सङ्गठन र राजमोनिकट जनवर्गीय सङ्गठनका प्रतिनिधिलाई शुभकामनाका लागि निम्त्याइएको छ ।

    दोस्रो दिन बन्दसत्र आयोजना गरिएको छ । सो सत्रमा सङ्गठनको आन्तरिक अवस्था र स्थितिबारे छलफल चलाइनेछ । बन्दसत्रमा सङ्गठन सुदृढीकरणसित सम्बन्धित विभिन्न योजना बनाइनेछ ।

    अध्यक्ष कार्कीले भन्नुभयो– ‘दोस्रो दिन साङ्गठनिक प्रतिवेदनमाथि देशैभरिका शिक्षक साथीहरूको सहभागितामा छलफल चल्नेछ । सो छलफलले ठोस कार्यक्रम तय गर्नेछ ।’

    ‘सामान्यत: यो हाम्रो नियमित अधिवेशन हो’ उहाँले भन्नुभयो– ‘फेरि पनि अहिले देशको विशिष्ट अवस्थामा शैक्षिक विकृति, विसङ्गतिमा सुधारको बारेमा महाधिवेशनमा छलफल हुनेछ र नयाँ कार्यक्रम निश्चित गरिनेछ ।’

    शिक्षामन्त्रीसित सहमति

    युगदर्शनसितको सङ्क्षिप्त कुराकानीमा उहाँले अहिलेका शिक्षामन्त्री डा महावीर पुनसँग शिक्षकका मागसित सम्बन्धित १० बुँदे सहमति भएको जानकारी दिनुभयो ।

    ‘नैतिकताको आधारमा भन्नुपर्दा पूर्ववर्ती सरकारले गरेका सहमति पछिल्ला सरकारले कार्यान्वयन गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो– ‘तर हाम्रा सबै माग यो सरकारले पूरा गर्न सक्दैन । कतिपय माग पूरा गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रतिनिधिसभा नै चाहिन्छ । अहिले प्रतिनिधिसभा छैन ।’

    आफूहरूले शिक्षक आन्दोलनका सबै माग हुबहु पारित हुन्छ भन्ने आशा नगरेको उहाँले स्वीकार गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘मन्त्रीज्यूसँग वार्ता हुँदा तपाईंहरूको माग मन्त्रिपरिषद्मा लैजान्छु भन्नुभएको छ । कार्यान्वयनका लािग हामी केही समय प्रतिक्षा गर्नेछौँ ।’

    यो सरकारले पनि आफ्ना माग नसुनेमा आन्दोलनको विकल्प नरहेको उहाँको भनाइ थियो ।

    नि:शुल्क शिक्षाको प्रसङ्ग

    अध्यक्ष कार्कीले संविधानमा लिपिबद्ध भए पनि नि:शुल्क शिक्षाको माग अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

    ‘नि:शुल्क शिक्षाको प्रावधान संविधानमा उल्लेख भएको तर त्यसलाई कार्यान्वयन गर्न आवश्यक गहिराइमा सरकार नपुगेको विषय हो’ उहाँले भन्नुभयो ।

    हालसम्मका सरकार शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विषयमा समेत गम्भीर हुन नसकेको उहाँको आरोप थियो ।

    उहाँले भन्नुभयो– ‘संविधानले बोलेको, सरकारले मानेको र अरूले समेत उठाएको विषय हो, नि:शुल्क शिक्षा तर यसमा कुनै काम हुन सकिरहेको छैन ।’

    जनवादी शिक्षा

    कुराकानीको क्रममा उहाँले अहिले देशमा दिइने गरेको प्राविधिक शिक्षालाई जनवादी शिक्षा भन्न नसकिने बताउनुभयो ।

    ‘अहिलेको प्राविधिक शिक्षालाई जनवादी शिक्षा भन्न सकिन्न’ उहाँले भन्नुभयो– ‘अहिलेको प्राविधिक शिक्षा सर्वसुलभ छैन । महङ्गो छ । शिक्षा हासिल गरिसकेपछि पनि रोजगारी छैन ।’

    अहिलेको प्राविधिक शिक्षाले देशभित्रै रोजगारीको ढोका खोल्नुपर्नेमा विदेश पलायनको ढोका खोलेको उहाँको धारणा थियो ।

    अध्यक्ष कार्कीका अनुसार जनवादी शिक्षा सर्वसुलभ, उत्पादन र रोजगारीसित जोडिने दाबी गर्नुभयो ।

    ‘जनवादी शिक्षा सर्वसुलभ हुन्छ; सिपमूलक हुन्छ; उत्पादन र रोजगारीसँग जोडिएको हुन्छ; विज्ञानसम्मत हुन्छ’ उहाँको भनाइ थियो ।

    विभिन्न वामपन्थी पार्टीको सरकार आए पनि जनवादी शिक्षाको बारेमा आवश्यक गम्भीरता देखा नपरेको उहाँको बुझाइ थियो ।

    बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.