• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

माघभरि प्युठान, मल्लरानी र ऐरावतीमा अखिल (छैठौं) को अभियान


  •   मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) ले आगामी माघ महिनाभरि प्युठानका प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका र ऐरावती गाउँपालिकामा एकमहिने सङ्गठनात्मक अभियान सञ्चालन गर्ने भएको छ ।

    Advertisement

    २०८२ पुस ४–५ गते रुपन्देहीको बुटवलमा सम्पन्न केन्द्र्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

    अध्यक्ष सुवास जिसीको हस्ताक्षरमा पुस ८ गते जारी प्रेसवक्तव्यमा जेनजी आन्दोलनको नाममा मच्याइएको विध्वंस, आगलागी, तोडफोड र लुटपाटका लागि दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।

    जेनजी आन्दोलन मूलत: युवाविद्यार्थीको आन्दोलन भएको स्पष्ट पार्दै वक्तव्यमा भ्रष्टाचारको अन्त र सुशासन यसको मुख्य उद्देश्य रहेको बताइएको छ तर अहिलेको सरकारले युवाका ती मागप्रति बेवास्ता गरेको आरोप लगाइएको छ ।

    विज्ञप्तिमा केन्द्र्रीय सदस्यको थपघटसम्बन्धी निर्णय भएको पनि जानकारी दिइएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “हाम्रो सङ्गठनको चौथो पूर्ण बैठक युनियनका अध्यक्ष सुवाश जिसीको अध्यक्षता र महासचिव पुरण पोख्रेलको सञ्चालनमा यही पुस ४ र ५ गते बुटवलको चाँदबारीमा सम्पन्न भयो । बैठकमा नेकपा (मसाल) का महामन्त्री कमरेड मोहनविक्रम सिंहको प्रमुख आतिथ्यता एवम् समसामयिक विषयमा प्रशिक्षणात्मक मन्तव्य रहेको थियो । बैठकले गरेका महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

    १. बैठकमा देशको राजनैतिक स्थितिको बारेमा गम्भीर छलफल भएको छ । खासगरी गत भदौ २३ र २४ गतेका घटनाको बेग्लाबेग्लै समीक्षा गरिएको छ । भदौ २३ गतेको युवाहरूको आन्दोलनमा उठाइएका एजेन्डालाई हाम्रो सङ्गठनले समेत समर्थन गरेको थियो । त्यो आन्दोलनमा खासगरी भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध गरिएको थियो । शान्तिपूर्ण रूपमा सुरु गरिएको युवाको आन्दोलनमाथि राज्यले भीषण दमन गरेको थियो र कैयौँ विद्यार्थीको सडकमै हत्या भएको थियो । उक्त अपराध क्षम्य हुन सक्दैन । त्यसका लागी तत्कालीन सरकार जिम्मेवार हुन्छ । हामीले उक्त नरसंहारको उचित छानबिन र दोषीलाई कानुनी कारबाहीको माग गर्दछौँ ।

    भदौ २४ को विध्वंस, आगलागी, तोडफोड र लुटपाटका घटनालाई पहिलो दिनको युवाको आन्दोलनसँग जोड्न मिल्दैन । २४ गतेको घटना नियोजित, योजनाबद्ध र आपराधिक प्रवृतिको घटना हो । त्यस प्रकारको अपराधमा संलग्न व्याक्तिलाई पनि छानबिन गरी कडा कानुनी कारबाही गर्नु अनिवार्य छ । हामीले यी दुबै घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ । युवाविद्यार्थीको आन्दोलन, त्यसपछि सरकारको गठन र अहिले पनि विदेशी साम्राज्यवादी शक्तिको विभिन्न प्रकारको सक्रियता, संलग्नता, घुसपैठ, चलखेल र तिकडमको हामीले कडा शब्दमा भण्डाफोर गर्दछौँ ।

    २. युवा आन्दोलनको स्पष्ट सन्देश हो– देशमा भ्रष्टाचारको अन्त्य गर्नु र सुशासन कायम गर्नु तर युवाहरूले दिन खोजेको सन्देशलाई हालको सरकार र पार्टीले सही ढङ्गले बुझ्न नसकेको हाम्रो ठहर छ । देशको भ्रष्टाचार र सुशासनको प्रमुख कारक सङ्घीयता हो । सङ्घीयताको प्रमुख पक्ष प्रादेशिक सरकार हुन् । ती सरकार खारेज नगरेसम्म देशमा भ्रष्टाचार संस्थागत रूपले स्थापित हुनेछ र देश झन् झन् आर्थिक सङ्कटको दुष्चक्रमा पर्नेछ तर वर्तमान सरकार, स्वयम् आन्दोलनकर्ता युवा र देशका राजनैतिक शक्ति सङ्घीयता खारेजीको बहसमा सामेल छैनन् । त्यसको अर्थ हो– देशको भ्रष्टाचार र सुशासन स्थापना गर्न अझै पनि ठोस र उचित बहसतिर देश प्रवेश गरेको छैन । त्यसकारण आगामी दिनमा सङ्घीयता खारेजीको आन्दोलनलाई अझ सशक्त रूपले लैजानुको विकल्प छैन ।

    ३. गत साउनमा सम्पन्न जनवर्गीय मोर्चाको कार्यशालाको निर्णयबमोजिम हाम्रो सङ्गठनलाई एकमहिने अभियानको लागि प्युठानको मल्लरानी, ऐरावती र प्युठान नगरपालिकाको जिम्मा प्राप्त भएको थियो । सोहीबमोजिम आगामी माघ महिनाभर हाम्रो सङ्गठनले प्युठानका उल्लेखित तीनओटा स्थानीय तहमा साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय समितिका साथीको जिम्मेवारी बाँडफाँड भएको छ । हामीले उक्त अभियानलाई सफल बनाउन सम्पूर्ण विद्यार्थी साथीमा हार्दिक अपिल गर्दछौँ ।

    ४. सङ्गठनसम्बन्धी केही महत्त्वपूर्ण निर्णय भएका छन् । कार्यव्यस्तताका कारण कतिपय साथीले दिनुभएको राजीनामा स्वीकृत भएको छ । कतिपय साथीले सङ्गठनमा समय उपलब्ध गराउन नसक्नुभएको कारण केन्द्रीय समितिवाट बिदा गर्ने निर्णय भएको छ । केन्द्रीय उपाध्यक्ष देवेन्द्र पौडेल उच्च शिक्षाको लागि विदेश जानुभएको कारण उहाँको पदमा केन्द्रीय सचिवालय सदस्य कुलचन्द्र शर्मा (रुपन्देही) लाई मनोनित गरिएको छ । रिक्त सचिवालय सदस्यमा केन्द्रीय सदस्य सेवक भट्टराई (दाङ) लाई वढुवा गरिएको छ ।

    केन्द्रीय सदस्यहरू केशव बुढाथोकी, सरिता पुन, सन्ध्या भट्टराई, प्रकाश चुँदाली, सिर्जना सुवेदी, अंशु ठडराई र वैकल्पिक सदस्यहरू हिमाल शाही र सचिन ढकाललाई समितिबाट बिदाई गरिएको छ । बैठकले सङ्गठनको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट बिदाई हुने साथीलाई केन्द्रीय समिति र सङ्गठनमा रहेर पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद व्यक्त गरेको छ । त्यसरी रिक्त भएको केन्द्रीय सदस्य पदमा वैकल्पिक सदस्यहरू पृथ्वी रोका, निशा गौतम र वर्षा पोख्रेललाई बढुवा गरिएको छ । त्यसैगरी नयाँ केन्द्रीय सदस्यमा सागर एमसी (रुपन्देही), कविता राना (अर्घाखाँची), दीपक बन्जाडे (काठमाडौँ), राजकुमार राना (कैलाली) र वैकल्पिक केन्द्रीय सदस्यमा बसन्त राज गोराथोकी (प्युठान) र आदित्य पन्त (गुल्मी) लाई चयन गरिएको छ ।”

    मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.