• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अखिल नेपाल युवक संघ बाग्लुङको अपिल


  •   मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
  • आदरणीय जनसमुदायहरू,

    Advertisement

    अखिल नेपाल युवक संघले यहि मिति २०८२ पौष १२ र १३ गते राष्ट्रियता र संविधान रक्षाको पक्षमा हाम्रो अभियान, भ्रष्टचार, बेथिती आमुल परिवर्तनको दिशामा ११औँ बागलुङ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ जैमिनी नगरपालिकाको सदरमुकाम कुश्मीसेरा बजारमा गर्ने निर्णय गरेको छ । हाम्रो सङ्गठन देशको राष्ट्रियता, जनतन्त्र र जनजिविका र नेपाली युवाहरूको विषयमा प्रत्यक्ष सरोकार राखेर आवाज उठाउने र सङ्र्घष गर्ने गरेको छ । हाम्रो सङ्गठनले नेपालको सामाजिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हाम्रो सङ्गठन नेपालको सम्पूर्ण युवाहरूको सामूहिक गौरवशाली प्रिय सङ्गठन हो । सङ्गठनले आफ्‌नो गौरवपूर्ण यात्राको क्रममा कयौँ बाधा र समस्याहरूमाथि विजय प्राप्त गर्दै देश र जनताको कान्तिको उद्देश्यलाई दृढतापूर्वक आत्मसाथ गर्दै आएको छ । देश र जनताको पक्षमा सङ्र्घष गर्दै आएको सङ्गठनको त्यो गौरवशाली यात्रालाई अझै अगाडि बढाएर लैजानलाई हामी प्रतिवद्ध छौँ । देशको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर राख्दै सङ्गठनले आगामी नीति र कार्यक्रम तय गर्नको लागि ११औँ जिल्ला सम्मेलन आयोजना गरिएको छ । जसले राष्ट्रिय राजनीति र युवाहरूको विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । देशको राष्ट्रियता झन झन कमजोर बन्दै गएको छ ।

    २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता लगायताका ऐतिहासिक उपलब्धि माथि प्रतिगमन भएको छ । त्यसको विरुद्ध संर्घष गर्नुपर्ने कुरामा गम्भिर रुपमा जोड दिएको छ । भाद्र २३ र २४ गतेको जेनजी समूहको आन्दोलन सरकारको चरमप्रकारको भ्रष्टाचार, वेथिति, कुशासन साथै सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरुद्धमा अपेक्षित आन्दोलनको परिणाम देशमा नयाँ प्रकारको राजनीति र संवैधानीक समस्या जटिल रुपमा देखापरेको छ । देशमा ठूला भनिने दलहरूको सत्ताको मोह र आन्तरिक चुरीफुरीको कारण देशलाई सङ्कटको भुमरीमा धकेलेको छ । मुलुकले फेरी पनि दुर्घटनाको सामना गर्नु परेको छ । यसमा देशीय सामान्तवाद, अन्तर्राष्ट्रिय साम्राज्यवादको हस्तक्षेप गम्भिर रुपमा अगाडि आएको छ ।

    देशमा राष्ट्रिय विखण्डन हुने र देशको अखण्डतामा आघात पुग्ने व्यापक खतरा छ । देशको अखण्ड, सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताको पक्षमा अखिल नेपाल युवक संघ निरन्तर र दृढतापूर्वक उभिदै आएको छ । सत्ताका लागि देशको अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनता माथिनै सौदावाजी गर्ने प्रवृतिका विरुद्ध र सन् १९५० को असमान सन्धि लगायतका विभिन्न मितिमा गरिएका राष्ट्रघाती सन्धी सम्झौताको विरुद्ध सङ्घर्ष गर्दै आएको ऐतिहासिक तथ्यहरू साक्षी छन् । केही समय अगाडि नेपालमा एम.सी.सी. भित्र्याएको छ । एम.सी.सी. अमेरिकी साम्राजयवादको हिन्द प्रशान्त क्षेत्रमा सैनिक हैकम कायम गर्ने हिन्द प्रसान्त रणनीतिको अंग हो । त्यसैले त्यसको विरुद्धमा देशमा सशक्त आन्दोलनको आवश्यकता छ । भारतीय साम्राज्यवादले नेपालको विभिन्न सिमानामा गरेको सिमा अतिक्रमण, लिपुलेक, लुम्पियाधुरा, कालापानी लगायत भु–भागमा गरेको अतिक्रमणका विरुद्ध हाम्रो सङ्गठनले सङ्घर्ष गर्दै आएको छ । आज देशमा भ्रष्टाचार ठूलो समस्या बन्न गएको छ । राजनीतिक तथा प्रशासनीक भ्रष्टाचारले गर्दा देशको विकास कार्यमा गम्भीर बाधा उत्पन्न हुँदै आएको छ।

    भ्रष्टाचारलाई जरैदेखी निर्मुल नगरेसम्म देशमा असल शासन कायम हुन सक्दैन, भ्रष्टाचार मुक्त समाज निर्माण गर्नका लागि हामीले लगातार रुपमा भ्रष्टाचार विरोधी अभियान वा सङ्घर्ष चलाउँदै आएका छौँ । हाम्रो त्यस प्रकारको अभियान वा सङ्घर्ष भविष्यमा पनि अगाडि बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दै भ्रष्टाचारीहरूलाई कानुनी दायरामा ल्याएर कारवाही चलाउनुपर्नेमा विशेष जोड दिन चाहान्छौँ । राज्यले शिक्षा, स्वास्थ्य र रोजगारीलाई ग्यारेन्टी गर्नु पर्दछ । यो व्यवस्था नगरिदासम्म आज लाखौँ लाख नेपाली युवाहरू रोजगारीको समस्या हल गर्न विदेशि भुमिमा सस्तो श्रम बेच्न वाध्य भइरहेका छन् । नेपाली युवाहरूलाई देशमा नै शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्दछ । त्यसका लागि युवा शक्ति राजनीतिक रुपमा सचेत र आफ्‌नो अधिकारको लागि सदैव सङ्घर्षशिल भई राष्ट्र निर्माणको दिशामा अगाडि बढ्नु पर्दछ । राज्य व्यवस्थाले गरेको विभेदलाई अन्त्य गरी समतामुलक समाजको निर्माण गर्न अगाडि बढ्नु हाम्रो कर्तव्य हो ।

    सङ्घीय प्रणाली राष्ट्र जनताको आवश्यकता विपरित छ । सङ्घीयताको कारणले देशमा अर्थतन्त्र सङ्कट उन्मुख हुँदै बढिरहेको छ । साथै देशमा राष्ट्रिय विखण्डन हुने र देशको अखण्डतामा आघात पुग्ने खतरा छ । त्यसैले आज मुलुकमा राष्ट्रियता र संविधानको रक्षा गर्दै सङ्घीयताको खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित स्थानीय स्वायत शासन सहितको एकात्मक राज्य प्रणाली नै अहिलेको उत्तम विकल्प हो र आम युवाहरूको समस्यालाई हलगर्ने विषयमा ११औँ जिल्ला सम्मेलन कुस्मिसेरा बजारमा सम्पन्न हुन लागेकाले उक्त सम्मेलनलाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक रुपले सहयोगका लागि आम जनसमुदायसँग अपिल गर्न चाहन्छौँ ।

    धन्यवाद ।

    मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.