• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एमाले र जेनजी विध्वंसका दोषीलाई उन्मुक्ति दिँदा देश अराजकतातर्फ जाने मसालको निष्कर्ष


  •   मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले एकातिर नेकपा (एमाले) को फासिष्ट नीति र अर्कोतर्फ जेनजी विध्वंसका दोषीलाई उन्मुक्ति दिने सम्झौता—यी दुवै कारणले देश अराजकतातर्फ जाने धारणा व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ पुस ७ गते अबेर राति प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    जेनजीको नाममा गरिएको विध्वंसका लागि आफू दोषी नरहेको दाबी गर्नु तर त्यसको पक्षमा प्रमाण प्रस्तुत गर्न नसक्नु र छानबिन समितिसामु बयानका लागि नजाने एमाले अध्यक्ष ओलीको नीतिलाई वक्तव्यमा फासिष्ट बताउँदै विरोध गरिएको छ ।

    त्यस्तै, जेनजीको नाममा भएका विध्वंसका लागि दोषीलाई कारबाही नगर्ने जेनजी–सरकार सम्झौताको पनि वक्तव्यमा विरोध गरिएको छ । त्यस सन्दर्भमा वक्तव्यमा जेनजीतिरै प्रश्न सोधिएको छ : जेनजी विध्वंससित सम्बन्धित मुद्दा फिर्ता लिनुका पछाडि स्वयम् जेनजीको हात छ वा त्यसका पछाडि अरू कुनै शक्तिको हात छ ?

    वक्तव्यमा जेनजीको नाममा भएको विध्वंसको निष्पक्ष छानबिन भएर कारबाही हुनुपर्ने आवश्यकतामा जोड दिँदै त्यसरी मात्रै देशमा अराजकताको अवस्थालाई नियन्त्रण गर्न सकिने बताइएको छ ।

    त्यस्तै वक्तव्यमा सरकार र जेनजीको माझमा भएका सम्झौताका विभिन्न विषयमा पार्टीको धारणासमेत सार्वजनिक गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “१. जेनजी आन्दोलनसित सम्बन्धित भदौ २३ र २४ गतेका घटनाबारे बेग्लाबेग्लै प्रकारले विचार गर्नुपर्ने आवश्यकता देखिन्छ । भदौ २३ गतेको घटनामा शान्तिपूर्ण प्रकारले आन्दोलन गरिरहेका कलिला विद्यार्थीमाथि सरकारले भीषण दमन वा नरसंहार गरेको छ । त्यसका लागि जो जिम्मेवार भए पनि त्यसबारे निष्पक्ष र न्यायोचित छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले बारम्बार जोड दिँदै आएको छ । त्यही प्रकारले भदौ २४ गते भएको तोडफोड आगलागी वा ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिमाथि निष्पक्ष र न्यायोचित छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्छ भन्ने पनि हाम्रो मत रहेको छ तर उक्त दुवै प्रकारका घटनासम्बन्धी कारबाहीमा ती दुवै पक्षले आलटाल गर्न गरिरहेका प्रयत्नप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ ।

    २. भदौ २३ गते जेनजी युवामाथि भएको दमन र हत्याका लागि सरकार नै जिम्मेवार हुने कुरा प्रस्ट छ । ओलीले त्यसका लागि उनी वा उनको सरकार जिम्मेवार नभएको र अन्य पक्षद्वारा त्यो गोलीकाण्डको कारबाही भएको दाबी गरिरहेका छन् । यदि उनको त्यो दाबीमा सत्यता भए उनले त्यससम्बन्धी तथ्य सार्वजनिक गरेर त्यसलाई प्रमाणित गर्नुपर्दछ तर उनले जाँचबुझ आयोगका अगाडि बयान दिन जाने कुराको नै कडा प्रतिवाद गरिरहेका छन् । पहिले उनले भोलेन्टियर फोर्स गठन गरेर ओलीलाई बयानका लागि पक्रेर लगिएमा एक लाख युवकले सिंहदरबार घेर्ने वा त्यहाँ पस्ने धम्की दिन लगाए । अहिले पनि उनले बारम्बार कुनै पनि बयान दिन जाने कुराको विरोध गरिरहेका छन् । ओलीको त्यस प्रकारको कार्यप्रणालीलाई कुनै पनि अवस्थामा न्यायोचित भन्न सकिन्न । त्यस प्रकारको कार्यप्रणाली उनको अधिनायकवादी चरित्रअनुरूप छ र त्यो निश्चित रूपले फासिस्ट तरिका हो । उनको त्यस प्रकारको कार्यशैली तथा उनले गठन गरेको भोलेन्टियर फोर्सको गठनमाथि विचार गर्दा आगामी दिनमा मुख्यत: चुनावको बेलामा पनि उनले मुठभेड वा फासिस्ट तरिका अपनाउने बढी सम्भावना देखिन्छ ।

    ३. सुशीला कार्कीको सरकारले भदौ २४ गतेको आगलागी वा ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिलाई उन्मुक्ति दिनेतर्फ नै बढी जोड दिने गरेको पाइन्छ । पहिले गृहमन्त्रीद्वारा त्यो दिनको घटनाका लागि गिरफ्तार भएका व्यक्तिलाई जेलमुक्त गर्ने काम गरियो, पछि प्रहरीले त्यसबारे केही कारबाही गरेर कैयौँ मानिसलाई गिरफ्तार गर्ने काम गरियो । सरकार र जेनजीका बिचमा भएको दश बुँदे सहमतिमा भदौ २४ गतेको ध्वंसात्मक कार्यका लागि मुद्दा नचलाउने वा मुद्दा चलाइएको भए फिर्ता लिने जुन कार्यादेश थपिएको छ, त्यसलाई हाम्रो पार्टीले अत्यन्त आपत्तिजनक मान्दछ र त्यसको कडा विरोध गर्दछ । हाम्रो यो अवधारणा रहेको छ, २४ गतेका ध्वंसात्मक कार्य जेनजीका नीतिअन्तर्गत थिएनन् र ती कार्य उनीहरूले गरेका पनि थिएनन् । त्यस प्रकारका कार्य जेनजी आन्दोलनमा घुसपैठ गरेका गलत तत्त्वद्वारा नै गरिएका थिए । त्यो अवस्थामा त्यस प्रकारका गलत तत्त्वमाथि कारबाहीको लागि जेनजीलाई कुनै आपत्ति हुनुपर्ने कारण देखिन्न र उनीहरू त्यस प्रकारका कार्यमा संलग्न नभएको कारणले उनीहरूले पनि त्यस प्रकारका कार्यका लागि दोषी व्यक्तिमाथि कारबाहीको लागि जोड दिनुपर्ने हो । त्यसको विपरीत सरकार र जेनजीका बिचमा भएको सम्झौतामा त्यस प्रकारका अपराधजन्य कार्यमा संलग्न र दोषी व्यक्तिमाथि मुद्दा नचलाउने वा चलाइएको भए फिर्ता लिने प्रकारको नियम बनाइन्छ भने त्यो गम्भीर रूपले आपत्तिजनक भएको कुरा प्रस्ट छ । अब यो कुरा प्रस्ट गर्नु जेनजीको दायित्व हुन जान्छ, त्यस प्रकारको कार्र्यादेश थप्नुका पछाडि स्वयम् उनीहरू नै जिम्मेवार छन् वा उनीहरूको नाममा जेनजीको नेतृत्व गरेको दाबी गर्ने तत्त्व जिम्मेवार छन् ?

    ४. एकातिर ओलीको नेतृत्वमा एमालेले अपनाएको फासिस्ट प्रकारको कार्यविधि र अर्कातिर जेनजी वा उनीहरूको नाममा २४ गतेका ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिलाई उन्मुक्ति दिने—ती दुवै प्रकारका कार्यविधि एकअर्काबाट बेग्लैजस्ता देखिए पनि ती दुवै प्रकारका कार्यविधिले देशलाई दण्डहीनता र अराजकताको अवस्थामा धकेल्ने गम्भीर आशङ्का उत्पन्न भएको छ । न्यायोचित कुरा त यो हो, भदौ २३ गतेको जेनजी युवामाथिको दमन र २४ गतेका सबै तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिलाई छानबिन र कारबाहीको दायरामा ल्याउनुपर्दछ । त्यसरी नै देशमा शान्ति, सुव्यवस्था वा सुशासनको अनुभूति हुन सक्नेछ ।

    ५. सरकार र जेनजीका बिचमा भएको सम्झौतामा संविधान संशोधनको कुरा पनि उल्लेख गरिएको छ । आज देशमा राजावादी, मधेसवादी, जातिवादी वा कतिपय अधिनायकवादी तत्त्वले पनि संविधानमा संशोधन मात्र होइन, संविधानलाई पूरै खारेज गरेर पुनर्लेखन गर्नुपर्ने माग पनि गरिरहेका छन् । संविधानमा कतिपय संशोधन गर्नुपर्ने, जस्तै कि सङ्घीयतालाई खारेज गर्नुपर्ने आवश्यकतामा हामीले पनि जोड दिन्छौँ तर कतिपय पक्षले गणतन्त्र र धर्मनिरपेक्षतालाई खारेज गरेर राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि पनि संविधानमा संशोधन गर्न वा पुनर्लेखन गर्नका लागि आवाज उठाइरहेका छन् । कतिपय पक्षले देशको राष्ट्रियता र अखण्डतामा आँच पुर्‍याउन वा देशमा जातीय राज्यस्थापनाका लागि पनि संविधानमा संशोधन वा पुनर्लेखनको कुरा उठाइरहेका छन् । कतिपय पक्षले जनताद्वारा प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी प्रमुखको चुनावको व्यवस्था हुनुपर्ने कुरामा जोड दिइरहेका छन् । हाम्रो पार्टीले प्रतिगामी वा राष्ट्रविरोधी दिशाबाट संविधानमा संशोधन गर्ने, त्यसलाई खारेज गर्ने जस्ता कुराको कडा शब्दमा विरोध गर्दछ । हाम्रो यो पनि स्पष्ट र दृढ मत छ, नेपालजस्तो प्रजातान्त्रिक अभ्यास कम भएको देशमा प्रत्यक्ष रूपले निर्वाचित कार्यकारीको व्यवस्थाले देशलाई अधिनायकवादतिर नै लैजानेछ । त्यसकारण त्यस प्रकारको जनताद्वारा प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी प्रमुखको प्रणाली हाम्रो देशका लागि उपयुक्त छैन भन्ने हाम्रो दृढ मत छ । संसद्द्वारा निर्वाचित प्रधानमन्त्रीय प्रणाली पनि पूरै प्रजातान्त्रिक व्यवस्था होइन तैपनि प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी प्रमुखको प्रणालीको तुलनामा संसद्द्वारा निर्वाचित वा संसद्प्रति जिम्मेवार प्रधानमन्त्रीय प्रणालीद्वारा सरकारमाथि बढी नियन्त्रण राख्नु सम्भव हुनेछ र त्यसकारण तुलनात्मक रूपले त्यो बढी प्रजातान्त्रिक हुन्छ ।”

    मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.