• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • तनहुँ । जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी खानेपानी निर्माण तीज्र गतिमा भइरहेको छ । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत यहाँका रुम्सी, हर्कपुर, ठिन र नयाँ गाउँ गरी चारवटा बस्तीका बासिन्दालाई घरघरमा स्वच्छ खानेपानी वितरण गर्ने उद्देश्यले आयोजना निर्माण गरिएको हो ।

    Advertisement

    आयोजना सम्पन्नपश्चात् चार सय परिवारका छ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने व्यास–१४ का वडा सदस्य दुर्गाबहादुर आलेले बताउनुभयो । उहाँका अनुसार उक्त आयोजनाबाट वडाका करिब छ हजार जना प्रत्यक्ष लाभान्वित हुनेछन् । सङ्घ र प्रदेश सरकारबाट रु सात करोड ७८ लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आएको जनाउँदै आलेले सङ्घबाट क्रमागत बजेटअनुसार रु दुई करोड ५० लाख बजेट विनियोजन भइरहेको उल्लेख गर्नुभयो ।

    सोही वडाको ठिन र हर्कपुरको सिमानामा पर्ने सेतीनदी नजिकै रहेको गरजौदी मुहानको पानी पाँच सय मिटर उचाइमा लिफ्ट गरी रिजर्भ ट्याङ्कीमा सङ्कलन गरेर वितरण गरिने वडाध्यक्ष आलेले बताउनुभयो । “मुहानमा गर्नुपर्ने आवश्यक निर्माण सकिएको छ । लामो दूरी रहेकाले बीच भागमा ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेर पानीमाथि लिफ्टिङ गरिनेछ”, उहाँले भन्नुभयो, “बीच भागमा निर्माण गरिने ट्याङ्कीबाट पानीमाथि लिफ्टिङ गरी एक लाख ५० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा सङ्कलन गरेर घरघरमा वितरण गर्ने व्यवस्था मिलाइनेछ ।”

    आयोजनाको हालसम्म ५० प्रतिशत निर्माण सकिएको छ । विसं २०८४ सम्म सम्पन्न गर्नेगरी क्रमागत बजेटअनुसार निर्माण भइरहेको छ । योजना सम्पन्नपछि वडावासीलाई स्वच्छ खानेपानीका साथै करेसाबारीमा सिँचाइ गर्न सहज हुने व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पछिल्लो समय यस वडा फलफूल र तरकारीखेतीको पकेट क्षेत्रका रूपमा विकास हुँदै गएको छ । सिँचाइको सहज सुविधा पुगेसँगै व्यावसायिक किसानको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।” वडामा पशुपालन र कृषि व्यवसायलाई थप प्रोत्साहन गर्दै युवालाई यसतर्फ आकर्षित गराउन आवश्यक सहयोग गर्ने बताउँदै उहाँले यसले रोजगारी सिर्जना र आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.