लोकेन्द्र पौडेल, चेन्नई ।
Advertisement
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समितिद्वारा संचालित चेन्नई महानगरस्थित पुर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा १४७औँ स्टालीन जन्मजयन्ती सम्पन्न भएको छ ।
दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नई पुर्व नगर अध्यक्ष ओमाकान्त शर्माको अध्यक्षता र दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नई पश्चिम नगर सह –सचिव नेत्रलाल शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पश्चिम नगर उपाध्यक्ष प्रकाश नेपालीले उपस्थित जनमानसलाई स्वागत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य काशिराम शर्मा, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष बुद्विराम पौडेल लगाएतको उपस्थिति रहेको ।

