• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

साम्राज्यवाद विरोधी बृहत् एकतामा राजमोको जोड


  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले साम्राज्यवाद विरोधी बृहत् एकतामा जोड दिएको छ ।

    Advertisement

    कावा अध्यक्ष रश्मिराज नेपालीको हस्ताक्षरमा २०८२ पुस ६ गते आइतबार प्रेसविज्ञप्ति जारी गर्दै राजमोद्वारा सो आवश्यकतामा जोड दिइएको हो ।

    गत पुस २ गते राजमो केन्द्रीय समितिको बैठक रुपन्देहीको बुटवलमा बसेको जानकारी दिँदै वक्तव्यमा त्यसले गरेका निर्णयबारे जानकारी दिइएको छ ।

    “गणतन्त्रको रक्षाका लागि प्रतिगमनकारी शक्तिसँग सम्झौताहीन सङ्घर्षमा जोड दिएको छ” बैठकको निर्णयबारे विज्ञप्तिमा लेखिएको छ– “राष्ट्रियताको रक्षाका लागि साम्राज्यवादका विरुद्ध सम्पूर्ण साम्राज्यवाद विरोधी शक्तिसँग बृहत् एकतामा बैठकले जोड दिएको छ ।”
    विज्ञप्तिमा जेनजीको नाममा सरकारले संविधानभन्दा बाहिर गएर सम्झौता गरेकोमा त्यसको विरोध गरिएको छ ।

    त्यस्तै जेनजी आन्दोलनको निष्पक्ष छानबिनमा जोड दिइएको प्रेसविज्ञप्तिमा अत्यधिक बलप्रयोगका लागि तत्कालीन राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई कारबाही हुनुपर्ने स्पष्ट पारिएको छ ।

    यस सम्बन्धमा विज्ञप्तिमा भनिएको छ– “दोषीमाथि आवश्यक कारबाही गरिनुपर्दछ तर सरकारले छानबिन गर्न भनेर गठित आयोगलाई तत्कालीन सरकारका सदस्य वा प्रशासनिक व्यक्तिमाथि प्रहरीसरह फौजदारी मुद्दा चलाउनसमेत सिफारिस गर्ने गरी थप कार्यादेश दिने काम गरेको छ । उक्त दुइटै कार्यलाई हामीले सही मान्दैनौँ र त्यसको विरोध गर्दछौँ ।”

    राजमो बैठकले वर्तमान राजनीतिक कोर्सलाई निष्पक्ष चुनावमार्फत सच्याउनुपर्नेमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।

    त्यसै क्रममा निर्वाचनसित सम्बन्धित रहेर संसदीय बोर्ड, निर्वाचन परिचालन समिति, घोषणापत्र मस्यौदा समिति, प्रचारप्रसार समिति र आर्थिक समिति गठन गरिएको जानकारी दिइएको छ ।

    त्यस्तै अध्यक्ष केसीको पारिवारिक समस्याका कारण कार्यवाहक अध्यक्षको जिम्मेवारी रश्मिराज नेपालीलाई दिइएको विज्ञप्तिमा उल्लेख छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको बैठक २०८२ पुस २ गते केन्द्रीय समितिका अध्यक्ष कामरेड चित्रबहादुर केसीको अध्यक्षतामा बुटवलमा सम्पन्न भयो । बैठकले गरेका महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति जारी गरेका छौँ ।

    १. केन्द्रीय समितिको बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिका बारेमा विस्तृत रूपमा छलफल भयो । २०६२–६३ को जनआन्दोलनका उपलब्धि तथा मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता गम्भीर रूपले खतरामा परेकोमा बैठकले चिन्ता व्यक्त गरेको छ । गणतन्त्रको रक्षाका लागि प्रतिगमनकारी शक्तिसँग सम्झौताहीन सङ्घर्षमा जोड दिएको छ । राष्ट्रियताको रक्षाका लागि साम्राज्यवादका विरुद्ध सम्पूर्ण साम्राज्यवाद विरोधी शक्तिसँग बृहत् एकतामा बैठकले जोड दिएको छ ।

    २. सुशीला कार्की सरकारले संविधानको दायराभन्दा बाहिर गएर जेनजीसँग गरेका कतिपय सम्झौताका बारेमा समेत बैठकमा गम्भीर छलफल भयो । जेनजी र सरकारका बिचमा संविधानका कतिपय प्रावधानलाई संशोधन गर्ने सहमति भएको छ । संविधानसभाबाट निर्मित संविधानलाई संशोधन गर्ने वा संशोधनसम्बन्धी कुनै विधिप्रक्रिया निर्धारण गर्ने वर्तमान असंवैधानिक सरकारलाई कुनै अधिकार छैन । संविधानलाई संशोधन गर्ने अधिकार जननिर्वाचित संस्था संसद्लाई मात्र रहेको छ । कार्की सरकारले संविधान संशोधनका लागि जेनजीसँग गरेको सम्झौता असंवैधानिक तथा गलत छ । बैठकले असंवैधानिक सम्झौताको विरोध गर्ने निर्णय गरेको छ ।

    ३. भदौ २४ गते भएको ध्वंसात्मक, आगजनी, लुटपाट तथा हत्यामा संलग्न अपराधीलाई कुनै पनि मुद्दा नचलाउन, मुद्दा चलाएको रहेछ भने फिर्ता लिन सिफारिस गर्ने गरी गौरीबहादुर कार्कीको छानबिन आयोगलाई सरकारले थप कार्यादेश तोक्ने काम गरेको छ, जुन गलत छ । सरकारको उक्त निर्णयको बैठकले विरोध गर्ने निर्णय गरेको छ ।

    ४. भदौ २३ गते जेनजी आन्दोलनमाथि सरकारी पक्षबाट भएको अत्यधिक बलप्रयोगको हाम्रो दलले विरोध गर्दै आएको छ । अत्यधिक बलप्रयोगमा मुख्य जिम्मेवार राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई कारबाही हुनुपर्नेमा पनि हामीले जोड दिँदै आएका छौँ । भदौ २३ गते भएको विद्यार्थी आन्दोलनमाथि दमन गर्न कसको कुन प्रकारको भूमिका रह्यो ? त्यसको स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्दछ । दोषीमाथि आवश्यक कारबाही गरिनुपर्दछ तर सरकारले छानबिन गर्न भनेर गठित आयोगलाई तत्कालीन सरकारका सदस्य वा प्रशासनिक व्यक्तिमाथि प्रहरीसरह फौजदारी मुद्दा चलाउनसमेत सिफारिस गर्ने गरी थप कार्यादेश दिने काम गरेको छ । उक्त दुइटै कार्यलाई हामीले सही मान्दैनौँ र त्यसको विरोध गर्दछौँ ।

    ५. मुलुकको वर्तमान राजनीतिक कोर्सलाई सच्चाउन बैठकले निर्वाचनमा जोड दिएको छ । निर्वाचनको माध्यमद्वारा गठन हुने नयाँ संसद् र संसद्बाट निर्वाचित सरकारको माध्यमबाट देशको असंवैधानिक अवस्थाको अन्त हुने बैठकले विश्वास व्यक्त गरेको छ ।

    ६. बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई तोकिएकै समयमा गरिनुपर्ने कुरामा जोड दिएको छ । आसन्न निर्वाचनलाई ध्यान दिएर बैठकले कैयौँ महत्त्वपूर्ण निर्णय गरेको छ ।

    ७. का. चित्रबहादुर केसी संयोजक रहने गरी नौ सदस्यीय संसदीय बोर्डको गठन गरेको छ ।

    ८. बैठकले कार्यकारी अध्यक्ष का. रश्मीराज नेपाली संयोजक रहने गरी ४७ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ ।

    ९. बैठकले कार्यकारी अध्यक्ष का. रश्मीराज नेपाली संयोजक रहने गरी तीन सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

    १०. बैठकले उपाध्यक्ष का. दुर्गा पौडेल संयोजक रहने गरी १५ सदस्यीय निर्वाचन प्रचारप्रसार समितिको गठन गरेको छ ।

    ११. सल्लाहकार का. आनन्दराज शर्मा संयोजक रहनुभएको आठ सदस्यीय आर्थिक समितिको गठन गरेको छ ।

    १२. पार्टीले प्रत्यक्ष तथा समानुपातिकतिर सबै क्षेत्र तथा जातीय समूहलाई समेटेर दुईटै निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दिने निर्णय गरेको छ ।

    १३. बैठकले अध्यक्ष का. चित्रबहादुर केसीको पारिवारिक स्वास्थ्य समस्याका कारण तत्कालका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी का. रश्मीराज नेपालीलाई दिनेसमेत निर्णय गरेको छ ।”

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.