दाङ । दाङको देउखुरीमा विभिन्न पार्टी समर्थित युवारू राजमो निकट अखिल नेपाल युवक संघ दाङमा प्रवेश गरेका छन् ।
Advertisement
यसरी प्रबेश गर्नेहरूमा कृष्णबहादुर नेपाली, मदन भण्डारी, संदिप केसी, प्रदिप चलाउने, प्रबिन र सुवर्ण राईमाझी रहेका छन् ।
उनीहरू पुस ५ गते, शनिबार अखिल नेपाल युवक संघ दाङको तेश्रो जिल्ला भेलाको अवसरमा प्रवेश गरेका हुन् ।
संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारीको विशेष उपस्थितिको अवसरमा उक्त युवाह अखिल नेपाल युवक संघमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई केन्द्रीय अध्यक्ष गणेश अधिकारीले संघको सदस्यता प्रमाण पत्र प्रदान गर्नुभएको छ ।