तौलिहवा । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ३ को विकट मानिने बुलकिया थारूगाउँमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८२ पुस ३ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो मैनार गाउँ समितिका अध्यक्ष श्यामलाल थारूको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि अदैले देशको तात्कालिक राजनीतिक परिस्थितिमा राजमो नीति तथा कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।
राजमोले सङ्घर्ष गर्दै आएका विभिन्न एजेन्डाको रूपमा राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा तथा सङ्घीयता र एमसिसीको खारेजीबारे उहाँले मन्तव्यमा जोड दिनुभएको थियो ।
कार्यक्रमसँगै ११ जनालाई राजमोको सदस्यता प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
राजमो शिवराज नगर समितिका सदस्य रामदेव कुर्मीले शुभकामना दिनुभएको उक्त कार्यक्रमको सञ्चालन राजाराम थारूले गर्नुभएको थियो ।
