काठमाडौँ । ससर्त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हुनसक्ने सम्भावित बिगो रकम स्वीकार गरी थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले २६ साउन, २०८२ मा जिल्ला अदालत रुपन्देहीले जमानत लिन गरेको अस्वीकार बदर गरेको हो ।
सर्तहरू :
1. उनी व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा जानुपरेमा अदालतलाई पूर्व जानकारी दिनुपर्नेछ । उच्च अदालतबाट विदेश जानुपूर्व अनुमती लिनु पर्ने ।
2. उनी थुनामुक्त भएपछि फैसला बमोजिम थप बिगो र जरिवाना तिर्नुपरेमा तयार भएको कागज गर्नुपर्नेछ । दुई करोड ७४ लाख अदालतले विगो तय गरेको छ । उक्त विगो सुरक्षित गरे पश्चात मात्रै रिहा हुने ।
3. उच्च अदालतले जिल्ला अदालतले तोकेको धरौटी र सम्भावित विगोको दामासाही बापतको रकम बैंक ग्यारेन्टी मार्फत आउनुपर्ने छ ।

