काठमाडौँ । यलमाया क्लासिक, पाटनढोकाको ३३५औं श्रृङ्खलामा गायक हेमराज पुन आश्रम सुनिएका छन् । कार्यक्रम पौष २ गते सम्पन्न भएको हो ।
सो प्रस्तुतीमा आश्रमले राग मालकौंश प्रस्तुत गरेका थिए । राग मालकौंशमा बडा ख्याल, छोटा ख्याल र तराना प्रस्तुत गरिएको थियो । ‘ए बुद्ध, कहाँ छौं, भन कहाँ छौं ? फेरी आउ शान्तिको पाठ पढाउ’ बडा ख्यालको बन्दिस थियो भने, ‘करुणाले भरिएकी आमा, समर्पण गरु तिम्रै नाउँमा’ छोटा ख्यालको बन्दिस थियो । ति भावनात्मक बन्दिसको साथमा आश्रम प्रस्तुत हुदा बास्तवमै हल शान्त भएको थियो । राग मालकौंश आफैमा पनि शान्त राग हो । यस रागवाट शान्त तथा भक्ति प्रकारको रस उत्पन्न हुन्छ भन्ने, संगीतज्ञहरूको मान्यता रहेको आश्रमले बताउनु भयो ।
सो कार्यक्रममा गायक आश्रमसँग सङ्गत गर्ने अन्य कलाकारहरूमा तबलामा अनन्त प्रजापती, भायोलिनमा यतीराज अधिकारी, हार्मोनियममा आसा थापा र तानपुरामा रुपक भटराइ र निसा गिरी हुनु हुन्थ्यो ।
कार्यक्रम साँझ ५ बजे सुरु भएर ६ः३० मा सकिएको थियो । कार्यक्रममा नेपाली सङ्गीतका मुर्धन्य साधक साधीकाहरू तथा सङ्गीतका विद्यार्थीहरू र अनुरागीहरूको उल्लेख्य उपस्थिति थियो । सो कार्यक्रम हरेक महिनाको २ गते हुने गर्दछ । यलमाया नेपालको उच्च स्तरको मेहफिल मध्य एक हो भनेर आश्रम भन्नु हुन्छ । उक्त कार्यक्रम पाटनढोकामा रहेको प्रतिष्ठित क्याफे, ढोकैमा क्याफेले विगत १८ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आइरहेको छ ।
गायक हेमराज आश्रम रक्तिमका महासचिव पनि हुनुहुन्छ ।
