काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका विष्णु रिमाल केन्द्रीय सदस्य पदमा पनि पराजित भएका छन् । उनी ओलीका राजनीतिक सल्लाहकारको रुपमा चिनिन्छन् ।
Advertisement
राजनीतिक वृत्तमा रिमाललाई ओलीको सारथीको रुपमा मानिदै आएको छ । उपमहासचिव पदमा १०९१ मत ल्याएर पराजित भएका ओली सारथीले सदस्य पदमा पनि निर्वाचित हुन सकेनन् ।
ओलीको विश्वासपात्र रहेका उनी ११औं महाधिवेशनमा ओलीको प्यानलको वर्चस्व रहे पनि उनले जित निकाल सकेनन् । पछिल्लो पटक ओली प्रधानमन्त्री हुँदा उनी प्रमुख राजनीतिक सल्लाहकारका रूपमा थिए ।