मेघराज भट्टराई ##
Advertisement
दलाल पुँजीवादी राज्यमा पुग्न
तस्कर–माफियाको खुट्टा ढोग्न
बुइँ चढेर गरिब सोझासिधाको
सेवा गर्दै साम्राज्यवादीमा मगन
अब उठौँ, अब बोलौँ, भ्रम चिर्नैपर्छ
यो देश बेच्ने हात आज रोक्नैपर्छ
रगत, पसिनाले बनेको माटो हो
हत्यारा विदेशीका खेताला हटाउनैपर्छ
रक्तक्रान्तिको झन्डा ओढीछोपेर
राष्ट्रघातको व्यापार जोखीतोलेर
आफू र आफ्नै परिवारको स्वार्थमा
स्वतन्त्र सार्वभौम देश लुटेर
अब उठौँ, अब बोलौँ, भ्रम चिर्नैपर्छ
यो देश बेच्ने हात आज रोक्नैपर्छ
रगत, पसिनाले बनेको माटो हो
हत्यारा विदेशीका खेताला हटाउनैपर्छ
समाजभित्र विभेद त थियो नै
जातलाई हतियार बनाएर खेलियो है
जहाँ पुगे त्यहीँका जनता उचालेर
सोझालाई ठग्ने राजनीति फैलियो है