काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले स्वास्थ्य र पारिवारिक समस्याका कारण तत्कालका लागि कार्यकारी अध्यक्ष रश्मीराज नेपालीलाई कार्यवाहक दिनुभएको छ ।
Advertisement
२०८२ पुस २–३ गते रुपन्देहीको बुटवलमा बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
महासचिव मनोज भट्टका अनुसार केसीले पारिवारिक समस्याका कारण आफूले अध्यक्षको जिम्मेवारी वहन गर्न नसक्ने भन्दै केन्द्रीय समिति बैठकमा आफ्नो पक्ष राख्नुभएको थियो ।
नेपाली राजमोको पुराना नेता हुनुहुन्छ । निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध भूमिगत राजनीति सुरु गर्नुभएका नेपालीले शिक्षक पेसाबाट दाङबाट राजनीति सुरु गर्नुभएको थियो ।