• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पौष्टिक आहारका लागि सोइ


  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
  • मनाङ ।  हिउँदयामको मध्य समयमा देशभर चिसो बढेको छ । पहाड र तराईमा चिसो बढेसँगै हिमाली क्षेत्रमा पानी जमेका छन् भने चिसो अत्यधिक बढेको छ । मनाङमा चिसो बढ्दै जाँदा यहाँ पशुपालनको रुपमा याकचौँरी र भेडापालन हो । चिसो बढेसँगै लेकको खर्कमा पु¥याइएका याकचौँरी बेँसी झारिन्छ । तीन हजारदेखि पाँच हजार मिटर उचाइबाट झारिएका याकचौँरीलाई बेँसीअर्थात् एक हजार ७०० मिटर उचाइमा राखिन्छ ।

    Advertisement

    चिसोमा याकचौँरी तथा अन्य पशुलाई घाँस पूर्ण रुपमा सुकेर आहारको कमी हुने गर्दछ । त्यसको अभाव पूर्ति गर्न पशुपालक किसानले घरेलु खाद्यवस्तुको प्रयोग गरी जैविक आहार खुवाउने गर्दछन् । जैविक आहारले याकचौँरीलगायतका पशुचौपायलाई पौष्टिक आहारसमेत पूरा गर्दछ ।

    मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका याकचौँरीपालक किसान याञ्छु खाण्टा लामा भन्नुहुन्छ, “पहिलापहिला बँेसीमा पशुचौपाया झारे पनि घाँसपात पाइन्थ्यो, अहिले मुस्किल छ, हिउँ कम परेपछि पानी पाउँदैन र घाँस उम्रिनै छोड्यो, आहार खुवाउनै मुस्किल छ, आफैँले बनाउन सकिएन भने याकचौँरी पाल्न समस्या छ, किसानलाई त समस्या नै समस्याले घेरिएको छ ।”

    अहिले आहार खुवाउन र जोहो गर्नै समस्या भएको उहाँ बताउनुहुन्छ । “खेती तथा पशुपालक किसानलाई त मौसमले पनि ठगेको छ”, उहाँ भन्नुहुन्छ, “धेरै पशुचौपायलाई आहार पु¥याउनै समस्या छ ।” यहाँका पशुपालकले घाँसको अभाव पूरा गर्न जौ, करु, उवा, गहुँ, फापरको डाँठको मिश्रणबाट आहार बनाएर खुवाउने गरिन्छ ।

    नासोँ गाउँपालिका–८ ताचैका पशुपालक किसान याद घले घाँसको अभावमा याकचौँरी, भेडाच्याङ्ग्राले माटो चाटेर बाँच्ने गरेको बताउनुहुन्छ । “हिउँ परे पो यहाँको पालुवा पलाउँछ र पशुचौपायलाई घाँस हुन्छ”, उहाँ भन्नुहुन्छ, “एउटै गोठमा २०० भन्दामाथि याकचौँरी र भेडाच्याङ्ग्रा पालिन्छन्, आफैँले घाँस, दाना खरिद गरेर पाल्न सक्ने अवस्था छैन ।” प्राकृतिक हिसाबले समयमा हिउँ पर्ने पानी पर्ने भएमा घाँस सहज रुपमा उपलब्ध हुने उहाँको भनाइ छ ।

    “अरु घाँस पाइँदैन यतिबेला सुकेका पातपतिङ्गर खुवाउने गरिएको छ”, घले भन्नुहुन्छ, “पुस १५ पछि सोइ (दाना) खुवाउने गरिन्छ, करिब पुसदेखि फागुन, चैतसम्म याकचौँरी र भेडाच्याङ्ग्रालाई घाँसको समस्या हुन्छ ।” जौ, करु, उवा, गहुँ, फापरको डाँठ गाईगोरु, याकचौँरीलाई भए पनि भेडाच्याङ्ग्रालाई घाँस पु¥याउन नसकिने उहँको भनाइ छ । घाँस नपाइने मौसममा हिउँ परे अझ घाँस खान नपाएर पशुचौपाय मर्ने गरेका उहाँ बताउनुहुन्छ ।

    सरकारको पक्षबाट शतप्रतिशत अनुदानमा सोइ (दाना) को अभाव पूरा गर्न सहयोग पाएमा मनाङका युवालाई पशुपालनमा प्रेरित गर्न सकिने घले बताउनुहुन्छ । यहाँको मुख्य आय पर्यटन व्यवसाय, खेतीपाती र कृषि हो, यसैमा निरन्तरता दिन सरकारले प्राथमिकताका साथ अनुदान उपलब्ध गराउनतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड छ । सुकेका डाँठलाई पशुचौपायले खाए पनि मल हुन्छन् भने नखाएका डाँठ प्राङ्गारिक मल (सोइ) बनाउन प्रयोग गरिन्छ । यसले पशुचौपायलाई न्यानो बनाउने कार्यसमेत गर्ने गरेको किसान बताउँछन् ।

    हिउँ पर्ने वा चिसो बढ्दै जाँदा यहाँका याकचौँरीलाई आहार पु¥याउन सकस हुने गरेको नेपाल याकचौँरीपालक किसान महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकालीले बताउनुभयो । समयमा हिउँ नपर्दा पालुवा नपलाउने र सुक्खापन बढ्ने क्रममा रहेको उहाँले बताउनुभयो ।

    “मनाङको तल्लो क्षेत्रमा डाले घाँस लगाएर हरियो घाँस नै खुवाउन सकिने देखिएको छ । तर, माथिल्लो क्षेत्रमा बढी सुक्खापनले घाँस पूर्ण रुपमा अभाव नै हुन्छ”, उहाँले भन्नुभयो, “बाहिरबाट दाना किनेर ल्याउनुपर्ने बाध्यता बनेको छ, दाना किन्न भने सहज छैन ।” बजारसँग सहज पहुँच नहुँदा ढुवानी र दाना खरिद गर्न किसानले सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

    यहाँका पशुपालक किसानले पौष्टिक आहार तथा पशुचौपायलाई बचाउन यहाँ उत्पादित खाद्यवस्तुका साथै सुकेका डाँठको उपयोग गर्न बाध्य भएका थकालीले बताउनुभयो । यहाँको मौसम तथा माटो सुहाउँदो घाँस लगाउन तथा उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

    “खेती पनि वर्षमा एक सिजन मात्रै हुने हुँदा सुकेका डाँठ पनि पु¥याउन मुस्किल हुने गर्दछ, यसले पौष्टिक आहारको अभावले पशुचौपायामा दुब्लोपना देखिन्छन्”, उहाँले भन्नुभयो, “यसकै कारण पशुपालनबाट युवाको आकर्षण हुनुपर्नेमा विकर्षण हुने गरेको पाइएको छ ।”

    यहाँका पशुपालक किसानले घाँसको अभाव पूरा गर्न जैविक रुपमा दाना (सोइ) बनाएर खुवाउने गरेका छन् । यहाँ गरिने खेतीपाती (गहुँ, करु, कोलो बोडी, फापर, जौँ) लगायत रैथाने बालीका सुकेका डाँठलाई खुवाएर बचाउने गरिन्छ । घाँस नपुगेर हुनसक्ने याकचौँरीको दुर्बलतालाई सोइले पौष्टिक तथा भिटामिनसमेत पूरा हुने गरेको किसान बताउँछन् ।

    बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.