काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि हिज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको समय स्थगित भएको थियो । आज बिहान ८ बजे मतदानदेखि हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
प्राविधिक तयारी नपुगेको भन्दै यसअघि हिज दिउँसो ४ बजेदेखि नै निर्वाचन हुने भनिएको थियो । तर प्राविधिक समस्या देखाएर मतदान प्रक्रियालाई आज बिहान ८ बजेलाई समय निश्चित गरिएको थियो ।
ओलीको जितको सुनिश्चित जस्तै देखिएता पनि महासचिवमा भने शंकर पोखरेल र सुरेन्द्र पाण्डे बिच कडा प्रतिस्पर्धा रहेको एकजना आयोजक/प्रतिनिधिले युगदर्शनलाई बताए । सुरेन्द्र पाण्डेको आधार बलियो रहेको आफ्नो नाम सार्वजनिक नगर्ने गरी उनै आयोजक/प्रतिनिधिले बताए । उनको रिपोर्ट अनुसार चुनावको परिणाम मिलिजुली आउने निश्चित छ ।
अध्यक्षमा ओली र महासचिवमा पाण्डेको जित भएको अवस्थामा पनि पार्टी केन्द्रीय समिति सञ्चालनका लागि ओलीलाई फलामको चिउरा चपाउन सरह हुने सम्भावनलाई अस्वीकार गर्न सकिँदैन ।