तौलिहवा । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ११ स्थित जामुनबगियामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८२ पुस १ गते मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले देशको तत्कालीन राजनीतिक परिस्थिति, राष्ट्रिय जनमोर्चाको तात्कालिक नीति तथा कार्यक्रम, राष्ट्रियता र गणतन्त्रको रक्षा तथा सङ्घीयता र एमसिसी खारेजीलगायतका विषयमा चर्चा गर्नुभएको थियो ।
त्यस्तै उहाँले जेनजी आन्दोलन, सुशीला कार्की सरकार गठन र आगामी फागुन २१ गते प्रस्तावित प्रतिनिधिसभा निर्वाचनको विषयमा पनि राजमो धारणा राख्नुभएको थियो ।
राजमो जामुनबगिया गाउँ समितिका अध्यक्ष गोपाल केसीको अध्यक्षता तथा राजमो कपिलवस्तुका जिल्ला सदस्य रामबहादुर चमारको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई गाउँ समितिकै होमबहादुर मगरले स्वागत गर्नुभएको थियो ।
