• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चुनावमा एक्लै जाने हाम्रो नीति


  •   सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह 

    Advertisement

    आगामी चुनावमा कसैसित गठबन्धन वा चुनावी तालमेल नगरीकन एक्लै जाने हाम्रो नीति हुनेछ । हाम्रो पार्टीको २०८१ सालमा भएको नवौँ महाधिवेशनले त्यही नीति घोषणा गरेको छ । हाम्रो पार्टीले एकातिर सैद्धान्तिक तथा अर्कातिर गत कालको विभिन्न पार्टीसितको हाम्रो गठबन्धन वा चुनावी तालमेलको ठोस विश्लेषण गरेर त्यस प्रकारको नीति निर्धारित गरेको हो र आगामी चुनावमा पनि हामीले त्यही प्रकारको नीति अपनाउनेछौँ ।

    सिद्धान्तत: देशको राजनीति परिस्थिति वा आवश्यकताअनुसार कुनै विरोधी वा दुस्मन शक्तिसित पनि कार्यगत एकता, गठबन्धन वा चुनावी तालमेल गर्ने नीति आवश्यक र सही दुबै हुन्छ । गत कालमा कैयौँ पल्ट हामीले त्यस प्रकारको नीति अपनाउँदै आएका छौँ र भविष्यमा पनि आवश्यकताअनुसार पारस्परिक समझदारीको आधारमा त्यस प्रकारको नीति अपनाउन सक्ने सम्भावनालाई हामीले अस्वीकार गर्दैनौँ तर आगामी चुनावको सन्दर्भमा एक्लै जाने नीति नै हाम्रो पार्टीले निश्चित गरेको छ ।

    हामीले २०४६ सालमा नेपाली कङ्ग्रेससहित विभिन्न वामपन्थी शक्तिसित गठबन्धन गरेर निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध संयुक्त रूपले सङ्घर्ष गरेका थियौँ । त्यो नीति सही थियो र त्यस प्रकारको नीतिको परिणामस्वरूप नै निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त भएको थियो ।

    २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरङ्कुश शासन कायम गरेपछि २०६२–६३ सालमा वामपन्थी नेपाली कङ्ग्रेस र मधेसवादी शक्तिसँग संयुक्त आन्दोलन चलेको थियो । त्यो आन्दोलनको परिणामस्वरूप नै खालि निरङ्कुश राजतन्त्रको अन्त्य मात्र भएको थिएन तर संविधानसभाको चुनाव भएर राजतन्त्रसमेतको अन्त्य भएको थियो ।

    तत्कालीन प्रधानमन्त्री ओलीले दुई दुर्ई पल्ट संसद् विघटन गराएर देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न गरेपछि हामीले राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी), जसपा र नेपाली कङ्ग्रेससहितको संयुक्त जनआन्दोलनद्वारा ओलीको प्रयासलाई असफल बनाएका थियौँ । त्यसरी नेपालको राजनीतिमा कार्यगत एकता वा गठबन्धनका ऐतिहासिक उपलब्धि रहँदै आएका छन् । त्यस प्रकारको कार्यगत एकता र गठबन्धनबाट प्रतिगमनलाई बारम्बार धक्का पुग्ने गरेको हुनाले उनीहरूले त्यस प्रकारको गठबन्धनको लगातार आलोचना गर्दै आएका छन् तर इतिहासले त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनको नीतिलाई बारम्बार सही साबित गर्दै आएको छ ।

    पाँचदलीय गठबन्धनको तर्फबाट हामीले चुनावी तालमेल गरेर चुनावमा भाग पनि लिएका थियौँ । त्यसरी तालमेल गर्दा संयुक्त रूपले उम्मेदवार उठाउने र सहमति भएका उम्मेदवारलाई सबैले समर्थन गर्ने समझदारी भएको थियो । हाम्रो पार्टीले वा राष्ट्रिय जनमोर्चाले त्यस प्रकारको सहमतिलाई इमानदारीपूर्वक पालन गर्‍यो ।

    नेपाली कङ्ग्रेसको संस्थापन पक्षले पनि त्यसबारे इमानदारीता नै देखायो भन्ने हाम्रो निष्कर्ष रहेको छ तर त्यसको प्रतिपक्षले सहमतिका उम्मेदवारसित अन्तर्घात गर्ने वा हराउने नीति अपनायो ।

    माओवादीले पनि विभिन्न गाउँपालिका वा संसदीय चुनावका राष्ट्रिय जनमोर्चाका सहमतिका उम्मेदवारप्रति अन्तर्घातको नीति अपनायो ।
    तत्कालीन एकीकृत समाजवादीले पनि कतिपय गाउँपालिका वा प्रदेशस्तरका राजमोका सहमतिका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार उठाउने नीति अपनायो ।

    जहाँसम्म जसपाको प्रश्न छ, त्योसित चुनावमा हाम्रो कतै प्रत्यक्ष प्रतिस्पर्धा रहेको थिएन र त्योसित हाम्रो कुनै प्रकारको अन्तर्विरोध पनि उत्पन्न भएन ।

    पहिले एमालेसित भएका कतिपय चुनावी तालमेलमा पनि त्यसले अन्तर्घात गरेकाले आवश्यकताअनुसार सिद्धान्तत: गठबन्धन वा चुनावी तालमेलको नीति सही भएन । अन्य पक्षले सहमति भएमा विषयमा इमान्दारिता नदेखाउने वा अन्तर्घात गर्ने कार्यशैली अपनाउने गरेको कुरामाथि ध्यान दिँदै हाम्रो पार्टीको नवौँ महाधिवेशनले एक्लै चुनावमा जाने नीति ठेगान गरेको छ र पूरै पार्टीलाई त्यसरी नै सङ्गठनात्मक वा मानसिक रूपले तयारी गर्दै जाने निर्देशन दिएको छ ।

    त्यही नीतिअनुसार रुपन्देहीमा हुन थालेको उपचुनावमा भाग लिने हाम्रो पार्टीको निर्णय थियो । संसद्को नै विघटन भएपछि त्यो चुनाव हुन पाएन र हामीले त्यहाँ त्यो नीतिलाई प्रयोग गर्न पाएनौँ । आगामी कुनै चनावमा हामीले त्यही नीतिलाई अनुशरण गर्नेछौँ ।

    हाम्रा लागि एक्लै चुनावमा जाने नीति कुनै नयाँ नीति होइन र पहिले पनि हामीले कैयौँ पल्ट एक्लै चुनावमा जाने नीतिको अभ्यास गर्दै आएका छौँ । त्यसरी बागलुङ, प्युठान र अर्घाखाँचीमा कैयौँ संसदीय क्षेत्रमा तथा कैयौँ जिल्लाका स्थानीय चुनावमा महत्त्वपूर्ण विजय प्राप्त गरेको हाम्रो इतिहास छ ।

    संसदीय चुनाव हाम्रा लागि सबैथोक होइन । रणनीतिक वा सैद्धान्तिक रूपले हामीले त्यसलाई अस्वीकार गर्दछाँै र संसदीय प्रणालीलाई समाप्त गरेर त्यसका ठाउँमा नयाँ जनवादी व्यवस्था कायम गर्ने हाम्रो आधारभूत लक्ष्य रहेको छ तर त्यसका लागि परिस्थिति वा आधार तयार पार्नका लागि संसदीय चुनावको पनि उपयोग गर्ने हाम्रो कार्यनीति रहेको छ । जुन बेला चुनावको बहिष्कारद्वारा आन्दोलनलाई उच्चस्तरमा उठाउने सम्भावना रहन्छ, त्यो बेला हामीले चुनावको बहिष्कारको नीति अपनाउँछौँ तर त्यस्तो सम्भावना कम भएको बेलामा हामीले त्यसलाई उपयोग गर्ने नीति अपनाउँछौँ ।

    चुनावलाई उपयोग गर्दा पनि हाम्रो मुख्य जोड त्यसको भण्डाफोर गर्नेतिर नै बढी हुन्छ । अहिले हामीले चुनावमा एक्लै जाने नीति अपनाएका छौँ । त्यो क्रममा पनि हाम्रो मुख्य जोड संसदीय प्रणाली वा अन्य राजनीतिक पार्टीको भण्डाफोर गर्नेतिर तथा त्यसरी जनताको चेतना उठाउने र नयाँ जनवादी क्रान्तिको लागि परिस्थिति वा आधार निर्माण गर्नेतिर नै बढी हुनेछ । हामीलाई विश्वास छ, हामीले अन्य पक्षसित गठबन्धन वा चुनावी तालमेल गरेर चुनावमा भाग लिएको बेलामा भन्दा एक्लै चुनाव लड्दा त्यो कार्य बढी प्रभावशाली र व्यापक रूपले गर्न सक्नेछौँ ।

    अन्य पक्षसित चुनावी तालमेल गरेर चुनाव लड्दा हामीले देशका धेरैजसो निर्वाचन क्षेत्रलाई छाडेर एकाध क्षेत्रमा मात्र चुनाव लड्नुपर्दथ्यो र अन्य क्षेत्रमा अन्य राजनीतिक पार्टीका लागि छाडिदिनुपर्दथ्यो तर एक्लै चुनाव लड्दा हामीले देशभरि धेरै क्षेत्रमा चुनाव लड्न सक्नेछौँ । त्यसरी देशभरि नै हामीले आफ्ना कार्यकर्ताको परिचालन गर्न देशभरि नै राजनीतिक भण्डाफोर गर्न र जनताको चेतना उठाउन, व्यापक रूपले जनआधार निर्माण गर्न तथा सङ्गठनलाई देशव्यापी रूपमा विस्तार गर्न सफल हुनेछौँ ।

    कतिपय विरोधी पक्षले मात्र होइन, कतिपय हाम्रा इमानदार समर्थकले पनि एक्लै चुनाव लड्दा हामीलाई बढी क्षति पुग्न सक्दछ भनेर सोच्न पनि सक्दछन् । त्यो कुरामा सत्यता पनि छ र एक्लै चुनाव लड्दा हामीलाई कतिपय अर्थमा नोक्सान पनि पुग्न सक्दछ । त्यो एउटा पक्ष हो तर त्यसको अर्काे महत्त्वपूर्ण पक्ष यो हो– एक्लै चुनाव लड्दा हामीलाई कैयौँ महत्त्वपूर्ण लाभ पनि पुग्न सक्दछन्, जो दीर्घकालीन महत्त्वका हुन सक्दछन् । त्यसैले हाम्रो ध्यान सकारात्मक र दीर्घकालीन पक्षतिर नै केन्द्रित हुनुपर्दछ ।

    सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.