काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा संस्थापन अर्थात् केपी शर्मा ओली पक्ष र ईश्वर पोखरेल पक्षले आ–आफ्नो प्यानलका पदाधिकारी धमाधम टुङ्गो लगाएका छन् ।
ओली समुह :
महासचिवमा शंकर पोखरेल, उपाध्यक्ष पदमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ ।
त्यस्तै, उपमहासचिव पदमा विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठ उम्मेदवार बन्नेगरी आन्तरिक सहमति बनेको छ ।
त्यस्तै राजेन्द्र गौतमले उपमहासचिव पदमा र अग्नी खरेलले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
ईश्वर समूहः
प्राप्त समाचार अनुसार ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, त्यस्तै पाँच उपाध्यक्षमाः परशुमेघी गुरुङ, गोकर्ण विष्ट, बिन्दा पाण्डे, अरुण नेपालको नाम टुङ्गो लागेको बताइएको छ ।
त्यस्तै सचिवमा ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल भएको छ ।