सुनवल (नवलपरासी) । नवलपरासी (ब.सु.प.) सुनवल चोकमा राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्लाको आयोजनामा मंसिर २८ गते प्रचारात्मक सभा सम्पन्न भएको छ ।
Advertisement
कार्यक्रमका प्रमुख वक्ता राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार बद्रे आलमले सम्वोधन गर्नु भएको थियो । साथै नेपाल कम्यूनिष्ट पार्टी (मसाल) नवलपरासी जिल्ला प्रवक्ता रेम राना, अखिल छैठौं केन्द्रीय सदस्य निशा गौतम र राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार उत्तमराज खरेलले सो विरोध सभालाई सम्बोधन गर्नु भएको थियो।
कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीको अध्यक्षता र तिलक प्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।