काठमाडौँ । नेकपा (एमाले) ११औँ महाधिवेशनको आज तेश्रो दिन तथा बन्दसत्रको दोस्रो दिन हो । हिंजो मंसिर २८ गते दिनैभरि सहमतिका लागि संघर्षरत सो पार्टीले विधान महाधिवेशन भएको तीन महिना पनि नवित्दै उक्त विधानको उल्लङ्घ गर्यो ।
त्यसका आफ्नै समस्या होलान् । राजनीति भागवण्डा तथा आफु विस्वस्त समितिको निर्माणको लागि त्यसो गरेको पनि हुन सक्ने आंकलन गरिएको छ । विधानमा भएको १५ सदस्यीय पदाधिकारीलाई बढाएर १९ बनाएसँगै दिउँसो ३ बजेबाट हिंजो बन्दसत्र शुरुभएको थियो ।
महाधिवेशनमा २२६२ जना प्रतिनिधि सहभागी रहेको उक्त महाधिवेशनमा आज पनि एमाले सहमति कै वरिपरि घुम्ने कोशिस गर्दै आइरहेको छ । ओलीले अध्यक्ष नछोड्ने, पोख्रेलले पनि आफ्नो उमेदवारी फिर्ता नलिने भएपछि नेतृत्व चयनको लागि चुनाव हुने निश्चित देखिएको छ । महासचिवमा प्रदिप ज्ञावली, शंकर पोख्रेल र पृथ्वी सुब्बा गुरुङको एकैसाथ आकांक्षा राखेपछि ओलीलाई टिम मिलाउन सकस भइरहेको देखिन्छ ।
त्यस्तै १५ प्रतिशत जेनजी युवाहरूलाई पार्टीको केन्द्रीय समितिमा समावेश गर्नुपर्ने वाध्यताले पनि उक्त पार्टीमा गम्भिर चुनौती देखिएको छ । यसै बिच सोही पार्टी अन्तर्गत रहेको चुनाव आयोगले आजको दिनभरिको कार्यतालिका निश्चित गरेको छ ।
निर्वाचन समितिका अनुसार दिनभरिको तालिका यसप्रकार रहेको छ :
