कलैया । राष्ट्रिय जनमोर्चाले बाराका दुई स्थानमा विरोधसभा सम्पन्न गरेको छ ।
Advertisement
२०८२ मङ्सिर २८ गते आइतबार सिमराचोक र डुमरवानामा सभा सम्पन्न भएका हुन् ।
सिमराचोकमा सम्पन्न सभामा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना र राजमो मधेस प्रदेश समितिका अध्यक्ष शेरबहादुर कार्कीले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै, डुमरवानाको विरोधसभालाई राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना र राजमो बारा अध्यक्ष रमेश भट्टराईले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनको क्रममा वक्ताहरूले जेनजी आन्दोलनसँगै देशमा साम्राज्यवादी खतरा पहिलेभन्दा गम्भीर बन्न पुगेको बताउनुभयो ।
जनताको चेतनास्तर उठाएर मात्रै साम्राज्यवादी खतराका विरुद्ध नेपाली राष्ट्रियताको रक्षा गर्न सकिने वक्ताहरूको भनाइ थियो ।
