• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

त्रिवी र भक्तपुरमा दुई म्याच : व्याङ्ग्यात्मक टिप्पणी


  •   आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
  • हिजो मङ्सिर २७ गते नेपालमा खासगरी दुईओटा खेलको चर्चा निकै चुलिएको थियो । एउटा खेल त्रिवि ग्राउन्डमा नेपाल प्रिमियर लिग र अर्को भक्तपुरको सल्लाघारीमा एमालेको एघारौँ महाधिवेशन । दुबैको प्रकृति फरक फरक थियो । एउटा विशुद्ध खेल थियो भने अर्को राजनीतिक । एनपिएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम टाइगरबिच फाइनल खेल थियो भने भक्तपुरमा ओली र पोख्रेलबिचको खेलको उद्घाटन निकै तामझामको साथमा गरिएको थियो । कैयौँले दुबै खेललाई शुभकामना पनि दिए ।

    Advertisement

    त्रिवि ग्राउन्डमा ब्याट घुम्दाघुम्दै बल सिधै दर्शक दीर्घा पार गर्दै छक्का भन्ने आवाज सुनिन्थ्यो । कमेन्टेटरको स्वर तात्दै थियो, ‘यो त क्लिन हिट’ हो । उता, भक्तपुरमा पनि उस्तै आवाज सुनिन्थ्यो तर त्यहाँ न ब्याट थियो, न बल, त्यहाँ त भाषणको ओभर चलिरहेको थियो । मैदान फरक, खेल उस्तै : एकातिर क्रिकेट, अर्कोतिर राजनीति । एकातिर टी–२०, अर्कोतिर टेस्ट म्याच । दुबैमा फरक प्रकारको धैर्यताको परीक्षा देखिन्थ्यो ।

    त्रिवि ग्राउन्डमा त नपत्याएको लुम्बिनी लायन्सले बाजी मार्‍यो । रोहित पौडेलले सर्वश्रेष्ठ खेलाडीको पद्वी जितेर कार र बाइक पुरस्कार पाए । जित सुनिश्चित भएको भन्दै ढुक्क भएको सुदूरपश्चिम टाइगरले हारको सामना गर्नुपर्‍यो तर भक्तपुरको ग्राउन्डमा ओलीले बाजी मार्ने कि पोख्रेलले त्यसको अन्तिम परिणाम आइनसकेको भएता पनि ओली सुदूरपश्चिम टाइगरजस्तै ढुक्क देखिन्छन् ।

    त्रिवि ग्राउन्डमा छक्काचौका वर्षा हुँदा स्कोरबोर्डमा अङ्क बढ्छ । भक्तपुरमा पनि स्कोरबोर्ड छ तर डिजिटल होइन, तालीको आवाज । कुनै वाक्यमा तालीको रनरेट बढ्यो भने त्यो छक्का, आलोचनामाथि कटाक्ष हानियो भने चौका । कहिलेकाहीँ भाषण अलि लामो र नियमभन्दा बाहिर गयो भने नो बल पनि हुन्छ ।

    फिल्डिङ पनि रोचक छ । क्रिकेटमा फिल्डर घाममा पसिना बगाउँछन् । उता फिल्डिङ भनेको सामाजिक सञ्जाल । एक पोस्ट ड्राइभिङ क्याच । अर्को कमेन्ट मिसफिल्ड । स्कोर सधैँ बदलिरहन्छ । रेफ्री भने समयसमयमा ‘संयम अपनाऔँ’ भन्दै ब्रेक दिन्छ ।

    चियापानी ब्रेक क्रिकेटको रमाइलो पक्ष हो । राजनीतिक टेस्टमा पनि ब्रेक हुन्छ, चिया, फोटोसेसन र हेडलाइन । ब्रेकपछि खेल झन् तात्छ । स्पिनरहरू आउँछन्, व्याख्या, व्युत्पत्ति र व्यङ्ग्य गर्दछन् । फास्ट बलरहरू पनि छन्, छोटो, तिखो र कहिलेकाहीँ बाउन्सरजस्तो प्रश्न ।

    अन्त्यतिर घोषणाको कुरा आउँछ । क्रिकेटमा डिक्लेरेसन रणनीति हो । यहाँ घोषणापत्र । कति रन बन्यो ? कति विकेट गयो ? निर्णय त दर्शक (जनता) ले लिन्छन् । स्टम्प भाँचिने कि खेल ड्र ? त्यो त अर्को सिजनले देखाउँछ ।

    त्रिवि ग्राउन्डमा हिजो छक्काचौकाले मनोरञ्जन दियो । भक्तपुरको टेस्ट म्याचले अरूमाथि व्यङ्ग्य, कटाक्ष, हाँसो र आफूलाई आफैले निर्दोष र सही साबित गराउने कोसिस भए । क्रिकेटमा टेस्ट म्याच पाँच दिनको हुन्छ भन्छन् तर भक्तपुरको ‘राजनीतिक टेस्ट’ कति दिन चल्ने हो ? अन्दाज गर्न गाह्रो छ । टस जित्ने प्रयास त सबैले गर्छन्, कसले एजेन्डा सेट गर्ने ? कसले पहिलो इनिङ्स खेल्ने ? त्रिवि ग्राउन्डमा टस सिक्का उछालेर भएको थियो तर भक्तपुरमा अहङ्कार र दम्भ उछालेर गरियो ।

    क्रिकेटमा ओपनरहरू धैर्यका साथ खेल्छन् । एमालेका टेस्टका ओपनरहरू पुराना देखिएका त छन् तर छूद्र र शालीनताबिचको फरक अम्पायरहरू (कार्यकर्ता) कसरी छुट्याउँछन् ? त्यो पनि भविष्यको गर्भमा नै छ । उनीहरू स्ट्राइक रोटेट गर्ने कोसिस देखाउन थालेका छन् “जनताको विश्वास”, “विकासको बिम्ब”, “स्थिरताको रनरेट”। बिचबिचमा स्लिपमा विवाद, अहङ्कार, दम्भ, प्रतिगामी सोचका क्याच छुटाइरहेका छन् तर अम्पायर (कार्यकर्ता) ले प्रायः “नटआउट” नै दिने गरेका छन् ।

    यो टेस्ट म्याच कसले जित्छ ? ओलीको छूद्र बोलीले जित्ने कि पोख्रेलको शालीन शब्दले जित्ने त्यो एमाले वृत्तले नै तय गर्नेछ ।

    आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.