काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँले भोलि मङ्सिर २७ गते शनिबार कलङ्की चोकमा सभा गर्ने भएको छ ।
Advertisement
राजमो काठमाडौँका अध्यक्ष झबिन्द्र बेलबासेका अनुसार देशको तात्कालिक परिस्थितिमा साम्राज्यवादको हस्तक्षेपको विरोध गर्न सो कार्यक्रम गर्न थालिएको हो ।
सभा दिउसो ३ बजेदेखि सुरु हुने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष बेलबासेले उक्त सभालाई राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मालगायतका वक्ताहरूले सम्बोधन गर्नुहुनेछ ।
राजमो केन्द्रीय कार्यालयले साम्राज्यवादी खतराको विरोधमा राजनीतिक चेतना फैलाउनका लागि मङ्सिरको अन्तिम साता यस खालको कार्यक्रम गर्ने निर्णय गरेसँगै काठमाडौँमा यो कार्यक्रम गर्न थालिएको हो ।
