काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने समाचार प्राप्त भएको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रीमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन् ।
इङनाम कानुनका शिक्षाविद् तथा प्राध्यापक हुन्, चौलागाईं नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष हुन् भने भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुन् । त्यस्तै श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन् ।
जानकारीअनुसार आज कुमार इङनामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, माधव चौलागाईँलाई वन तथा वातावरण मन्त्री, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको शपथ खुवाउन लागिएको हो।