• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतीय च्यानलको प्रस्तुतीमा साम्राज्यवादको कुरूप र घीनलाग्दो तस्वीरः मसाल


  •   शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले नेपाल र नेपालीहरूको अस्मिताका विरुद्ध पीतपत्रकारिता गरिरहेका भारतीय न्युज च्यानलविरुद्ध प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले गरेको प्रतिवादके स्वागत गरेको छ ।

    Advertisement

    यस्तै, भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण रोक्न मल्टि सिस्टम अपरेटर (एमएसओ) हरूको निर्णय तथा नेपाल केवुल टेलिभिजन महासंघका निर्णयहरूको पनि मसालले सराहना गरेको छ ।

    शुक्रबार एक वक्तव्य प्रकाशित गरी मसाल प्रवक्ता रामप्रकाश पुरीले ति च्यानलको प्रस्तुतीमा भारतीय साम्राज्यवादको कुरूप र घीनलाग्दो तस्वीर उदाङगो भएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या मात्रै नगरेर नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा स्वाधीनताको विरुद्ध अफवाह पूर्ण र तथ्यहीन समाचारहरू सम्प्रेषण गरिरहेका बताउनुभएको छ ।

    उहाँले नेपालकै पनि कतिपय मिडियाले आफ्नो पार्टीका महामन्त्री मोहनविक्रम सिंह लगायतका नेताहरु विरुद्ध अफवाहपूर्ण सामग्री दिने गरेको भन्दै सचेत पनि गराउनुभएको छ।

    यस्तो छ वक्तव्यः
    ‘भारतीय सञ्चार माध्ययमहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या गरेर समाचार सम्प्रेषण गरिरहेका छन् । संसारमा पत्रकारिताको पेशा सम्मानित छ र त्यस क्षेत्रले पालना गर्ने बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरू पनि निश्चित गरिएका छन् ।

    भारतीय टेलिभिजनहरूले पत्रकारिता सम्बन्धीका न्यूनतम मापदण्डको पनि हेक्का गर्न सकेका छनैन् र नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा स्वाधीनताको विरुद्ध अफवाह पूर्ण र तथ्यहीन समाचारहरू सम्प्रेषण गरिरहेका छन् । त्यसरी चरित्र हत्या वा कुनै स्वतन्त्र मुलुकको सार्वभौमिकताका विरुद्ध समाचार सम्प्रेषण गरेर कार्य गर्नु आपत्तिजनक, निन्दनीय र अपराधिक छ । हामीले भारतीय टेलिभिजनहरूको उक्त कार्यको निन्दा र भ्रत्र्सना गर्दछौँ ।

    आफ्ना देशको पत्रकारिताको स्थिति कसरी गुज्रिरहेको छ वा के गर्दै छ ? भन्ने प्रश्नमा मोदी सरकार बेखवर रहेको वा अहिलेसम्म ती टेलिभिजनहरूको निन्दनीय कार्यमाथि कुनै नियन्त्रण नुहुनुले स्वयम् मोदी सरकार पनि त्यो कार्यमा सामेल रहेको बुझिन्छ । भारतीय टेलिभिजनहरूले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या वा नेपालका विरुद्ध जुन समाचार सम्प्रेषण गरिरहेका छन्, त्यसले भारतीय मिडियाहरूको स्तरमा पनि गम्भीर प्रश्न खडा गर्दछ । त्यसप्रकारको स्तरका लागि भारतीय मिडिया क्षेत्र मात्र जिम्मेवार छ वा स्वयम् भारत सरकारको प्रेस नीति समेत जिम्मेवार छ रु आउने दिनहरूमा अन्तर्राष्ट्रिय रूपमा नै त्यो कुरा अरू प्रष्ट हुँदै जाने छ ।

    भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकताका विरुद्ध षडयन्त्रकारी कार्य गर्दै आएको छ र अहिले भारतीय टेलिभिजनहरूले नेपालका विरुद्ध प्रसारण गरिरहेका कार्यहरू त्यही षडयन्त्रको सिलसिला भएको कुरा स्पष्ट छ । नेपालका भूभाग लिपूलेक, कालापानी, लिम्पियाधुरा क्षेत्रमा भएको भारतीय साम्राज्यवादी अतिक्रमणका विरुद्ध नेपाली जनताले सङ्घर्ष गर्दै आएका छन् । त्यस सन्दर्भमा नेपालको संसदले पनि नयाँ नक्सा जारी गरिसकेको छ । यस विषयमा भारतीय सञ्चार माध्यमहरूले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताका विरुद्ध अभियान नै सञ्चालन गरेका छन् । उनीहरूको त्यो कार्यले भारतीय साम्राज्यवादको कुरूप र घीनलाग्दो तस्वीरलाई व्यक्त गर्दछ ।

    भारतीय सञ्चार माध्यमहरूको पीत पत्रकारिता र चरित्रहत्याको कार्यका विरुद्ध नेपालमा प्रेस काउन्सिल र पत्रकार महासङ्घले गरेको विरोध तथा प्रतिवादलाई हाम्रो पार्टीले स्वागत गर्दछ । त्यसैगरी नेपाल र नेपालीहरूको अस्मिताका विरुद्ध पीतपत्रकारिता गरिरहेका भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण रोक्न मल्टि सिस्टम अपरेटर (एमएसओ)हरूको निर्णय तथा नेपाल केवुल टेलिभिजन महासङ्घका निर्णयहरूको पनि हाम्रो पार्टीले स्रहाना गर्दछ । यसका साथै भारतीय मिडियाहरूको नेपाल विरुद्धको षडयन्त्र, चरित्रहत्या, तथ्यहीन तथा पीतपत्रकारीताका विरुद्ध एकजुट हुन हामी सम्पूर्ण जनतालाई एकतावद्ध हुन अपील गर्दछौँ ।

    चरित्रहत्या गरेर समाचार सम्प्रेषण गर्ने कार्य सम्पूर्ण पत्रकारिता जगतको लागि निन्दनीय र भ्रत्सनीय छ । त्यसप्रकारको पीत पत्रकारिताको अवस्था नेपालमा पनि कायम छ । त्यो कुरा स्वयम् हाम्रा पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहका विरुद्ध सम्प्रेषण गरिएका बिभिन्न पत्रपत्रीका, अनलाइन पत्रीका तथा सामाजिक सञ्जालहरूमा प्रकाशित लेख तथा समाचारहरूले पुष्टि गर्दछन् । का. सिंहका विरुद्ध श्रीमतीलाई मन्त्री बनाउनका लागि दौडधूप गरेको भन्ने जस्ता कपोलकल्पित समाचारहरू तथा बिभिन्न छद्म नामधारीहरूका सिआइए शैलीका लेखहरू पटकपटक प्रकाशित हुने गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर के.सी.का विरुद्ध पनि त्यसप्रकारका लेख प्रकाशित भएका छन् ।

    त्यस्तै राष्ट्रिय जनमोर्चा उपाध्यक्ष तथा सांसद का। दुर्गा पौडेलका विरुद्ध पनि त्यसप्रकारका लेख प्रकाशित भएका छन् । त्यसरी नै अन्य कैयौँ कामरेडहरूका विरुद्ध पनि अफवाहपूर्ण समाचार सम्प्रेषण गर्ने कार्य हुँदै आएका छन् । त्यसप्रकारको पीतपत्रकारिताका विरुद्ध हाम्रो पार्टीले कानुनी सङ्घर्ष पनि गरेको छ । पीतपत्रकारिता सत्य–तथ्यका विरुद्ध अपनाइने कार्यशैली हो । यसले समाजलाई भ्रमित बनाई भ्रष्टाचारणमा भड्काउँछ । त्यसैले त्यसप्रकारको प्रवृत्तिमाथि नियन्त्रण कायम राख्नका लागि नेपाल सरकारले पनि ध्यान पुर्‍याउनुपर्ने आवश्यकता छ ।

    सङ्घीय समाजवादी पार्टीले आफ्नो पार्टीका सांसद सरिता गिरीलाई पार्टी तथा सांसदबाट नै निष्काशित गर्ने कार्यलाई हाम्रो पार्टीले स्वागत गर्दछ । सांसद गिरीले नेपालको नयाँ नक्सा संसदबाट पारित गर्ने कार्यको विरोध गरी भारतीय साम्राज्यवादको दलाली गरेकी थिइन् । त्यसप्रकारको कार्य गर्ने व्यक्तिलाई कारवाही गरेर सङ्घीय समाजवादी पार्टीले स्रहानीय कार्य गरेको छ । आगामी दिनहरूमा पनि सबै मधेशवादी सङ्गठनहरूले त्यसरी नै नेपालको राष्ट्रियता र सार्वभौमिकताको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउन सके धेरै राम्रो हुने थियो र हामीले त्यसप्रकारको आशा पनि गर्दछौँ ।

    देशका बिभिन्न भागमा बाढी पहिरोको कारण ठूलो धनजनको क्षति भएको छ । यसतर्फ सतर्कता अपनाएर नागरिकको जीउधनको रक्षा गर्नका लागि नेपाल सरकारले खास ध्यान दिएको देखिंदैन । बाढी पहिरोको सम्भावना रहेका देशका सबै भागहरूमा आवश्यक सतर्कता र पूर्व तयारीका साथ कार्य गर्नका लागि हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ । यसका साथै बाढी पहिरोको कारणले भएको क्षतिका लागि पीडितहरूको उद्धार गर्दै राहतको उचित व्यवस्था गर्नका लागि पनि हामीले सरकारसित माग गर्दछौँ ।’

     

    शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.