खलङ्गा । अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको आयोजनामा एक महिने कार्यक्रम भोली मंसिर २६ गते प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका अन्तर्गत रहेको भिंग्री बजारमा उद्घाटन हुँदैछ ।
कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री कमरेड मोहन बिक्रम सिंहबाट हुने सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले युगदर्शनलाई जानकारी दिनुभएको छ ।
कार्यक्रमको दुईदिन मंसिर २६ र २७ गते प्रशिक्षण कार्यक्रम हुनेछ भने, बाँकिका २८ दिनसम्म स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा जनभेटघाट, संगठन विस्तार, सभा, कोणसभा लगायतका कार्यक्रम हुनेछन् ।
भोलि मंसिर २६ गते भिंग्रीको जलुकेस्थित धर्मशालामा बिहान ११ः०० बजे उद्घाटन हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन देशभरीका विभिन्न जिल्लाहरूबाट अखिल नेपाल जनजाति सम्मेलनका विभिन्न स्तरका नेता कार्यकर्ताहरूको उपस्थिति रहने अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

