मेघराज रिष्मेली (टोकियो) ।
टोकियो । गलकोट स्पोर्टस् क्लव जापानको (छैठौं) अधिवेशन ९ डिसेम्बर मङ्गलबारका दिन टोकियोमा सम्पन्न भएको छ ।
अधिवेशनले रमेशकुमार खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।
निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीका अनुसार गठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा गणेश खत्री, उपाध्यक्षहरूमा दिनेश थापा, सुरज केसी, असिम बस्नेत र खिम निउरे चयन भएका छन् ।
यसैगरी महासचिवमा नारायण थापा सचिवद्वयमा पवन शर्मा र किरण गौतम, कोषाध्यक्षमा कुशल भण्डारी, सहकोषाध्यक्षमा दिपक क्षेत्री खिम र पवन क्षेत्री चयन भएका छन् ।
यस्तै बिजय बस्नेतले खेल संयोजक र झकबहादुर बस्नेतले लेखा संयोजकको जिम्मेवारी पाएका छन् भने सदस्यहरूमा प्रेम पुन, शितल कार्की, राजु क्षेत्री, रोशन बस्नेत बेलु, कृष्ण बोहोरा र विशाल क्षेत्री चयन भएका छन् ।
क्लवका अध्यक्ष दुर्गाबहादुर खत्रीको सभापतित्व र गलकोट समाजका अध्यक्ष रत्नसिंह बस्नेतको प्रमुख आतिथ्यतामा भएको अधिवेशन समारोहमा उपाध्यक्ष इश्वर बस्नेतको स्वागत मन्तव्य रहेको थियो ।
समारोहमा एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासङ्घ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष तिलक मल्ल, पर्वत समाज जापानका अध्यक्ष राम बाँस्तोला, धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठ, बिहुँकोट समाज जापानका उपाध्यक्ष रामु कँडेल, क्लवका सल्लाहकार रामकृष्णबम मल्ललगायतले अधिवेशन सफलताको कामना गर्दै नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।
अधिवेशन समरोहमा जापानमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रही नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सूचना, सञ्चार एवम् सचेतनाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासङ्घ जापानका संस्थापक अध्यक्ष तिलक मल्ललाई सम्मान गरिएको थियो ।
यस्तै क्लवका संस्थापक अध्यक्ष तथा सल्लाहकार हिरा शेरचन, क्लवका सल्लाहकार तथा टिम कोच अम्मर भण्डारी र क्लवमा सक्रिय सदस्य दीपक क्षेत्री खिमलाई पनि खेलकुद क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका लागि सम्मान गरिएको थियो । अधिवेशन समारोहमा महासचिव दिनेश थापाको सञ्चालन रहेको थियो ।