काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा शिर्ष महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा खुलेका छन् । मंगलबार राजधानीस्थित हार्दिक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा एमाले महिला नेतृहरूले आफुहरू पोखरेलको पक्षमा रहेको बताएका छन् ।
Advertisement
पोखरेलको पक्षमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे, केन्द्रीय सदस्यहरू उषाकिरण तिम्सेना, शर्मिला कार्की, रचना खड्का र सरिता न्यौपाने लगायतका नेतृहरू पोखरेलको पक्षमा खुलेका हुन् ।
उनीहरूले महाधिवेशनमार्फत एमालेको नेतृत्व परिवर्तन गर्न र पार्टीलाई लोकतान्त्रिक पद्धतिमा हिँडाउन ईश्वर पोखरेलको समूहलाई साथ दिने घोषणा गरेका हुन् ।
हालका अध्यक्ष केपी शर्मा ओली नेतृत्वबाट विश्राम लिनुपर्ने सुझाव महिला नेतृहरूको रहेको छ ।