दाङ । राष्ट्रिय जनमोर्चा दाङले यहि मंसिर २५ गते दाङको लमहीमा जनसभा गर्ने भएको छ । उक्त सभालाई राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मीले सम्बोधन गर्नुहुनेछ ।
Advertisement
देशमा पछिल्लो समय उत्पन्न परिस्थिति र बदलिदो राजनीतिक घटनाक्रमबारे आम नागरिकलाई बुझाउन जनमोर्चाले बिहिबार लमहीमा जनसभागर्न लागेको राजमो दाङका अध्यक्ष गणेश आचार्यले सोमबार प्रेस विज्ञप्ती जारी गरेका छन् । आचार्यले जारी गरेको प्रेस विज्ञप्तीमार्फत आमनागरिकलाई जागरण सभामा उपस्थितिका लागि अनुरोध गरिएको छ ।
विज्ञप्तीमाफर्त देश झनपछि झन् भुमरीमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । जनमोर्चाले पहिलेदेखि भन्दै आएको संघीयता खारेजीका लागि आर्थिक बोझमात्रै भएको बताउँदै आएको छ ।